महाभियोग प्रक्रिया अगाडि बढाउन आग्रह

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रक्रिया अगाडि बढाउन माग गर्दै नेपाल बार एसोसिएसनले सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ । जबराविरुद्धको महाभियोग पाँच महिनाभन्दा लामो समयदेखि विचाराधीन छ । फागुन १ गते प्रस्तावको सूचना दर्ता भई २९ गते प्रतिनिधि सभामा पेस भएको थियो । तर त्यसयता समितिमा पठाउने कार्यसूची बन्न सकेको छैन । विधायिकाले विशेषाधिकार प्रयोग गरेर दर्ता गरेको प्रस्तावले न्यायपालिका प्रमुख निलम्बन भएको लामो समय भए पनि संसदीय प्रक्रिया अघि नबढाइएको हो ।

सम्बन्धित सामग्री

चोलेन्द्र शमशेरविरुद्धको महाअभियोग ‘हल्का’ रुपमा अघि नबढाऊ : पूर्वन्यायाधीश फोरम

काठमाडौं । पूर्वन्यायाधीश फोरमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग हल्का रुपमा अघि नबढाउन आग्रह गरेको छ ।  फोरमले बुधबार पत्रकारसम्मेलन गरी अहिले सामान्य मौखिक बयानका आधारमा महाअभियोगको प्रक्रिया चलिरहेको भन्दै जबराका अभियोगहरु प्रमाणित हुने आधारसहित महाअभियोग अघि बढाउन आग्रह गरेको हो ।  “अहिले महाभियोग सिफारिस समितिमा सामान्य मौखिक छानबिनका आधारमा महाअभियोगको...

महाभियोग टुङ्गो लगाउन आग्रह

करिब ६ महिनादेखि अलपत्र रहेको प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमा समितिको प्रक्रिया छिटो अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटाले सदस्यहरूलाई आग्रह गर्नुभएको छ। सिफारिस समितिको बैठक सहजीकरणका लागि सभामुख सापकोटाले बुधबार बैठक बोलाउनुभएको थियो। बैठकमा सापकोटाले छानबिन प्रक्रियालाई चाँडो अघि बढाउन आग्रह गर्नुभएको हो। प्रमुख विपक्षी दल नेकपा (एमाले)ले भने ६ महिनासम्म अलपत्र प्रस्ताव कार्यकालको अन्तिम समयमा समितिमा पठाइनुको औचित्य सभामुखसँग सोधेको छ।

प्रधानन्यायाधीशले राजीनामा नदिए महाभियोग लगाउन शान्ति समाजको आग्रह

काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिएको खण्डमा महाभियोगको प्रक्रिया अघि बढाउन आग्रह गरेको छ। प्रधानन्यायाधीश जबराको बर्हिगमन सुनिश्चित गर्न संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई आग्रह गरेको हो।