एमाले सांसद टोपबहादुर रायमाझी निलम्बनमा

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पुगेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको सांसद पद निलम्बन हुने भएको छ।प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनका लागि सांसद रायमाझी निलम्बन हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ।सोमबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले रायमाझी निलम्बनमा परेको जानकारी गराउने कार्यसूची आइतबार सार्वजनिक भएको छ। २७५ सदस्यीय प्रतिनिधिसभाका रायमाझीसमेत गरी ३ सदस्य निलम्बनमा परेका छन्।काँग्रेसका ट

सम्बन्धित सामग्री

अभियोग पत्र: 'टोपबहादुर रायमाझी ठगीको लिनेखाने काममा संलग्न'

पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझीमाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी गर्नेहरुबाट आफूले लिनेखाने काममा संलग्न रहेको अभियोग लागेको छ । उनीविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौंमा दायर मुद्दामा उनको के-कस्तो भूमिका थियो भन्ने उल्लेख छ । यस प्रकरणमा उनको संलग्नता किटान गर्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रहित प्रतिकूल, ठगी, संगठित अपराध र किर्तेमा मुद्दा चलाएको छ ।

लज्जित छ पूर्वउपप्रधानमन्त्रीको ओहदा

नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउन गरिएको अपराधका आरोपित पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी अन्ततः पक्राउ परेका छन् । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि वैशाख २० देखि फरार उनले बिरामी परेको भन्दै संसद् सचिवालयमा पत्र पठाएका थिए । तर, उनी भागेको १२ औं दिनमा राजधानीको बुढानीलकण्ठस्थित एक मित्रको घरबाट पक्राउ परेका छन् ।

मन्त्री बन्न एमाले, सांसद रहन माओवादी?

काठमाडौँ- माओवादी त्यागेर एमालेमा प्रवेश गरेको करिब चार महिनापछि चार पूर्वमाओवादी नेताहरुले आफूहरु माओवादी सांसद भएको दाबीसहित उक्त पदबाट आफूहरुलाई बञ्चित नगर्न बिहीबार सर्वोच्च अदालत गुहारेका छन्। लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र गौरीशंकर चौधरीले सामूहिक रुपमा सर्वोच्चमा दायर गरेको रिटमा केन्द्रीय कमिटीबाट निर्णय नगरी अध्यक्षको एकल निर्णयका आधारमा सांसद पदमुक्त गर्ने निर्णय भएको […]