मेलम्चीका बाढीपीडितलाई अनेरास्ववियू (क्रान्तिकारी) काभ्रेको सहयोग

काभ्रेः सिन्धुपाल्चोक जिल्लाको हेलम्बु–मेलम्चीका बाढीपीडितलाई राहतस्वरुप जस्ता पाता सहयोग गरेका छन्। नेकपा (माओवादी केन्द्र) निकट भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) काभ्रेले बाढी प्रभावित क्षेत्र सिन्धुपाल्चोकको हेलम्बु–२ चनौटेमा पुगेर हेलम्बु–मेलम्चीका बाढी पीडितलाई २५ बण्डल जस्ता सहयोग गरेका हुन्। क्रान्तिकारी, काभ्रेका उपाध्यक्ष निरेश लामाले राहत दिनेहरुले खाद्य तथा स्वास्थ्य सामाग्री सहयोग गरेको भए पनि ओत लाग्ने ठाउँ नहुँदा खुल्ला आकाशमुनि र थोत्रो प्लाष्टिकको टहर बनाएर बस्न बाध्य बाढी पीडितलाई जस्ता उपलब्ध ...

सम्बन्धित सामग्री

अनेरास्ववियू क्रान्तिकारी काठमाडौं सफाई कार्यक्रममा व्यस्त

काठमाडौं, २० साउन । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), काठमाडौंले आज काठमाडौंमा सफाई कार्यक्रमको आयोजना गरेको छ । ‘सरसफाइमा बिद्यार्थीसँग अनेरास्ववियू’ कार्यक्रमअन्तर्गत उक्त संगठनले आज (शुक्रबार) अनेरास्ववियू क्रान्तिकारी बिश्वनिकेतन कलेज समितिबाट सरसफाइ कार्यक्रम आयोजना गरिएको थियो । उक्त सफाई कार्यक्रममा संगठनका काठमाडौं जिल्ला उपाध्यक्ष जनक ढुंगाना, महानगर संयोजक भरत महतारा, सह–संयोजक सुवोध डोटेल, […]

अनेरास्ववियू (क्रान्तिकारी) विभाजित‚ १९९ सदस्यीय केन्द्रीय कमिटी घोषणा

काठमाडौं : नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) विभाजन भएको छ। संगठनको पवन कार्की समूहले आगामी भदौमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ। उक्त समूहले कार्कीको संयोजकत्वमा १९९ जना केन्द्रीय कमिटी पनि घोषणा गरेको छ।सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै भाद्र ३० र ३१ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने जानकारी दिइएको छ। संयोजक कार्कीले अनेरास्ववियु क्रान्तिकारीलाई सशक्त संगठन बनाउन, विद्यार्थी आन्दोलनलाई झनै क्रियाशील बनाउन, विद्या

अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मा प्रचण्डलाई

नेकपा (माओवादी केन्द्र)ले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले अनेरास्ववियू (क्रान्तिकारी) को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष दाहाललाई दिने निर्णय गरेको हो । ‘विद्यार्थीको राष्ट्रिय सम्मेलन चलिरहेको छ । त्यसको नेतृत्व चयनको विषय थियो । त्यसमा हामीले सम्भावित सबै पात्रहरू अहिलेको उपाध्यक्षदेखि हुनेसम्मका सबैबारे छलफल गरियो ।

अनेरास्ववियू (क्रान्तिकारी) धनकुटाको अध्यक्षमा सीताराम लिम्बू चयन

धनकुटा : नेपाल कम्युनिष्ट पार्टी (माओवादी–केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) धनकुटाको आठौं जिल्ला सम्मेलनबाट अध्यक्षमा सीताराम लिम्बू चयन भएका छन।बुधबार राति अबेर सम्पन्न जिल्ला सम्मेलनले लिम्बूको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको हो। कमिटीको उपाध्यक्षमा नवीन पौडेल र सुस्मिता राई, सचिवमा साजन राई, सहसचिवमा सुनिल थापा र सरु शिवा र कोषाध्यक्षमा शुभेक्षा लिम्बू सर्वसम्वत चयन भएका छन।यस्तै, जिल्ला सम्मेलनले पदम रखाल मगरलाई केन्द्रीय कमिटीमा तथा रोशन खड्का र सञ्जीव लिम्बू

असोज ८ देखि राष्ट्रिय सम्मेलन गर्ने अनेरास्ववियू (क्रान्तिकारी) को निर्णय

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले आगामी असोज ८ गतेदेखि १० गतेसम्म २२ औं राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । संगठनको साउन २९ गते बसेको केन्द्रीय समिति बैठकले काठमाडौंमा सम्मेलन गर्नेगरी निर्णय गरेको आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रञ्जित तामाङले जानकारी दिए । त्यसका लागि भदौ १५ गतेभित्र इकाइ, क्याम्पस, पालिकाको भेला तथा सम्मेलन सम्पन्न गरिने भएको छ भने भदौ २५ देखि असोज १ गतेभित्र जिल्लाहरुको भेला तथा सम्मेलन सकिने छ । यस्तै सबै तहका भेला तथा सम्

अनेरास्ववियू (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन असोजमा

अनेरास्ववियू (क्रान्तिकारी)को २२ औं राष्ट्रिय सम्मेलन असोज ८, ९ र १० गते हुने भएको छ ।  अध्यक्ष रञ्जित तामाङको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको हो ।  यस्तै वर्तमान केन्द्रीय समितिलाई राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण गरिएको छ । आयोजक समितिकै रुपमा सम्मेलनसम्म केन्द्रीय पदाधिकारी तथा अन्य सदस्यहरूको जिम्मेवारी यथावत् रहनेछ ।  बैठकले भदौ १५ सम्म इकाइ, क्याम्पस, पालिका भेला/सम्मेलन, भदौ २५ सम्म जिल्लाहरुको भेला/सम्मेलन, भदौ २५ देखि असोज १ सम्म प्रदेशको भेला/सम्...

अनेरास्ववियू (क्रान्तिकारी)ले असोजमा राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं । नेकपा ( माओवादी केन्द्र ) निकट अनेरास्ववियू (क्रान्तिकारी )ले  ०७८ सालको असोज   ८ , ९  र १० गते २२ औं राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । शनिबार काठमाडौंमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले सो निर्णय गरेको उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाए। क्रान्तिकारीले दुई महिने संगठन विस्तार तथा सुदृढीकरण अभियान मार्फत ५ लाख सदस्यता वितरण गर्ने निर्णय गरेको छ । विस्तारित वैठकमै अध्यक्ष रञ्जित तामाङद्वारा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदन र आगामी कार्ययोजना सम्वन्धि प्रस्ताव सर्वसम्मतिले पारित ...