काठमाडौं । नेकपा ( माओवादी केन्द्र ) निकट अनेरास्ववियू (क्रान्तिकारी )ले ०७८ सालको असोज ८ , ९ र १० गते २२ औं राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । शनिबार काठमाडौंमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले सो निर्णय गरेको उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाए।
क्रान्तिकारीले दुई महिने संगठन विस्तार तथा सुदृढीकरण अभियान मार्फत ५ लाख सदस्यता वितरण गर्ने निर्णय गरेको छ । विस्तारित वैठकमै अध्यक्ष रञ्जित तामाङद्वारा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदन र आगामी कार्ययोजना सम्वन्धि प्रस्ताव सर्वसम्मतिले पारित ...