धनकुटा : नेपाल कम्युनिष्ट पार्टी (माओवादी–केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) धनकुटाको आठौं जिल्ला सम्मेलनबाट अध्यक्षमा सीताराम लिम्बू चयन भएका छन।बुधबार राति अबेर सम्पन्न जिल्ला सम्मेलनले लिम्बूको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको हो। कमिटीको उपाध्यक्षमा नवीन पौडेल र सुस्मिता राई, सचिवमा साजन राई, सहसचिवमा सुनिल थापा र सरु शिवा र कोषाध्यक्षमा शुभेक्षा लिम्बू सर्वसम्वत चयन भएका छन।यस्तै, जिल्ला सम्मेलनले पदम रखाल मगरलाई केन्द्रीय कमिटीमा तथा रोशन खड्का र सञ्जीव लिम्बू