नक्कली सेयर कारोबारमा संलग्न तीन ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डले कारबाहीको सिफारिस गरेको छ । ग्राहकको पूर्ण विवरण नराखी सेयर खरिद बिक्री गरिदिएको तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था पालना नगरेको आरोपमा अग्रवाल सेक्युरिटिज (ब्रोकर नं ६), श्रीहरि सेक्युरिटिज (ब्रोकर नं ५६) र सिप्रबी सेक्युरिटिज (ब्रोकर नं २२) लाई कारबाही लागि सिफारिस गरिएको हो ।