बागमती मन्त्रिपरिषद् बैठक : अध्यादेश जारी गर्नेदेखि कर्मचारीलाई महँगी भत्ता दिनेसम्म निर्णय

बागमती प्रदेश सरकारले पुनः २ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ । निर्वाचनको मिति तोकिएसँगै काम चलाउ भएको प्रदेश सरकारको मंगलबार दिउँसो बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले पुनः २ अध्यादेश ल्याउने निर्णय गरेको हो ।बागमती प्रदेश सरकारले यसअघि जारी गरेको संघीयता कार्यान्वयनको क्रममा महत्वपूर्ण मानिएको प्रदेश सरकारले प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी ग

सम्बन्धित सामग्री

प्रदेश मन्त्रिपरिषद् बैठक : दुईवटा अध्यादेश ल्याउँदै

बागमती प्रदेश सरकारले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने भएको छ । बागमती प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुईवटा अध्यादेश स्वीकृत गर्दै जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ मा भएका केही व्यवस्था संशोधन गर्नु आवश्यक भएको र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ मा हेटौँडा अस्पताललाई प्रतिष्ठानको शैक्षिक अस्पताल रहने गरी संशोधन गरी अध्यादेश जारी गर्न लागेको जानकारी दिनुभयो ।

बालुवाटारमा मन्त्रिपरिषद् बैठक : अध्यादेश आउँदै

काठमाडौं । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नेबारे निर्णय लिन प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठकमा सहभागी हुन गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र ऊर्जामन्त्री पम्फा भुसाल बालुवाटार पुगिसकेका छन् । सरकारले बजेट प्रतिस्थापन अध्यादेश पनि ल्याउने तयारी गरिरहेको छ […]

बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक शुरू भएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नेबारे निर्णय लिन प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएको बताइएको छ ।

दल विभाजन सम्बन्धी अध्यादेश आउँदै, मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ – दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय लिन मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको हो। ‘दल विभाजन सम्बन्धी अध्यादेश आउँछ, बैठकका अरु पनि केही एजेण्डा छन्’, प्रधानमन्त्री निकट श्रोतले देश सञ्चारलाई जानकारी दियो। सरकारले दलबिहीन अवस्थामा पुगको एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर पक्षलाई […]