राष्ट्रपतिले अध्यादेश जारी गरेपछि मात्रै प्रधानमन्त्रीले मन्त्रिपरिषद् वैठक डाक्ने

राष्ट्रिय सभाको निर्वाचन सम्बन्धी अध्यादेश राष्ट्रपतिले जारी गरेपछि मात्र मन्त्रीपरिषद् बैठक बसेर प्रदेश प्रमुखलगायतका नियुक्ति र प्रदेशसभाको बैठक बारे सरकारले निर्णय लिने भएको छ। वालुवाटार स्रोतका अनुसार, राष्ट्रपति कार्यालयबाट अध्यादेश अगाडि नबढुन्जेल कुनै पनि विवादित विषयमा निर्णय नलिने निष्कर्षमा प्रधानमन्त्री शेरबहादुर देउवा पुगेका छन्। प्रधानमन्त्री देउवाले पछिल्लो दुईहप्ता देखि मन्त्रिपरिषद् बैठक पनि डाकेका छैनन्।…