बुढानिलण्ठ नगरपालिका–५ स्थित पञ्चकन्या मन्दिर नजिकैबाट प्रहरीले रक्त चन्दनको तेलसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भएका २७ वर्षीय रामकुमार खत्री र पोखरा घर भएका ४० वर्षीय गंगाबहादुर पुन छन् ।उनीहरुलाई ४४ लिटर प्रतिबन्धित रक्तचन्दनको तेलसहित पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए । भारतबाट नेपालगञ्जको बाटो हुँदै उनीहरुले रक्तचन्दनको तेल काठमाडौंमा ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । सो तेल चिनमा महङ्गोमा बि