विराटनगर : मोरङको विराटनगरमा छठ पूजाका लागि आवश्यक सामग्री किनमेल गर्नेको भीडभाड बढेको छ। कार्तिक शुक्ल पक्षको चौथी तिथिदेखि छठ पर्व सुरू हुन्छ ।छठ पूजामा छठी मातालाई चढाइने प्रसादमा स्याउ, केरा, सुन्तला, नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोटलगायतका सामग्री आवश्यक पर्दछ। ती वस्तुको खरिद गर्न यतिबेला विराटनगरमा भीडभाड छ। यस्तै‚ माटो तथा बाँसका सामग्री खरिद गर्नेको पनि उत्तिकै घुइँचो देखिन्छ।तराईका जिल्लामा रहेका घाटहरू, नदी, पोखरीलगायतमा सरसफाइ, सजावट र व्यवस्थापनका लागि क