काठमाडौं : अन्नपूर्ण न्यूरो अस्पतालले एमसिसीविरुद्ध आन्दोलन गर्दा घाइते भएका हेमराज अवस्थीको आइसियुमा उपचार भइरहेको जनाएको छ। शुक्रबार अस्पतालले एक विज्ञप्ति जारी गरी अपरेशनपश्चात् बिरामीलाई आइसियुमा राखेर उपचार भइरहेको जनाएको हो।प्रहरीका अनुसार डडेल्धुरा घर भई हाल ललितपुरमा बस्दै आएका २८ वर्षीय अवस्थी बिहीबार नयाँ बानेश्वरमा विभिन्न राजनीतिक दल तथा भ्रातृ संगठनहरूले गरेको विरोध प्रदर्शनमा घाइते भएका थिए।प्रहरीले अश्रुग्यास प्रहार गर्दा उनको टाउकोमा चोट लागेको बताइएको छ। प्रहरीले