रुसी सेनामा भर्ना भएका दैलेखका युवा युक्रेनी आक्रमणमा परी गम्भीर घाइते, काठमाडौं ल्याएर उपचार हुँदै
रुसी सेनामा भर्ती भएर गम्भीर घाइते भएका दैलेखका एक युवालाई काठमाडौं ल्याएर उपचार सुरु गरिएको छ। काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा ती युवाको उपचार भइरहेको उच्च स्रोतले जानकारी दियो।
रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवकको युत्रेनी सेनाको आक्रमणमा परी मृत्य भएको छ । रुसी सेनाको क्याम्पमै रहेका बेला युक्रेनी सेनाले ड्रोनबाट गरेको आक्रमणमा परेर रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रानागाउँका ४४ वर्षीय युवा घनसिंह पुनको मृत्यु भएको परिवारले जनाएको छ ।