जनकपुरधाम : महोत्तरीको बर्दिवास नगरपालिकाको दुर्गम इलाकाको वन क्षेत्रबाट अवैध सालको काठ तस्करी गर्न लागेको अवस्थामा पक्राउ गरिएको छ।
बर्दिबास–११ खयरमारा स्थित बाँके र छोड्के दोभानबाट डिभिजन वन कार्यालय महोत्तरीले अबैध काठ सालको ५४ क्युफिट चिरान काठ बरामद गरेको हो।
सर्लाही, महोत्तरी र सिन्धुलीको माझमा पर्ने राई दमार दुर्गम क्षेत्रबाट ९४ थान सालको चिरान कडी बरामद गरिएको हो।
महोत्तरी जिल्लाको विकट गाउँ मानिने बाँके र छोड्के दोभानमा चुरिया वन क्षेत्रबाट बहुमूल्य सालका काठ कटान गरेर तस्करी भएर रहस्य खुलेको हो।
...