कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ छपिया स्थित पोखरीमा ल्काईएको २ लाख बढी मूल्यका सालको काठ बरामद गरिएको छ। प्रहरीले स्थानीय चिरकुट केवटको पोखरीमा बेवारिसे अवस्थामा सो काठ बरामद गरेको हो।...
सर्लाही : अवैध रूपमा लुकाई राखेको सालको काठ सब डिभिजन वन कार्यालय मूर्तियाले बरामद गरेको छ।बागमती नगरपालिका–२ हरिवन खोलाको किनार लहरीबारीबाट सात थान गोलिया सालको काठ आज दिउँसो बरामद गरिएको हो।सुराकीको आधारमा ४० क्यूफिट बराबरको बेवारिसे अवस्थामा सालको काठ बरामद गरेको सब डिभिजन वन कार्यालय मूर्तियाका जमदार अमर पाख्रिनले जानकारी दिए।काठ अहिले मूर्तिया वन कार्यालयमा राखिएको छ। काठ कसले काटेर राखेको हो‚ त्यसको अनुसन्धान भइरहेको छ। काठको सरकारी मूल्य १ लाख ६० हजार रहेको उनले बताएका छन्।&nb