सरकारले स्याउमा भ्याट लिँदा घट्यो आयात

उत्तरी नाका तातोपानी भएर नेपाल भित्रिने स्याउ, आलु र प्याजको आयात घटेको छ । सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने गरी विदेशी वस्तुमा मूल्यअभिवृद्धि कर (भ्याट) जोडेपछि आयात घटेको हो । तिब्बतको जाङ्मु पोर्ट...

सम्बन्धित सामग्री

प्याजमा भ्याट लगाएपछि बढ्यो अवैध आयात

वीरगञ्ज  । सरकारले आलु र प्याजमा आत्मनिर्भर हुने भन्दै भन्सारमा लिइने राजस्व बढाएपछि अवैध आयात बढेको छ । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटमार्फत आलु र प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धिकर (भ्याट) असुल्ने नीति लिएपछि प्याजको वैध आयात ठप्प भएको व्यवसायीले बताएका छन् । आलुको आपूर्ति भने आन्तरिक उत्पादनले धानेको छ ।  आलु प्याज आयातमा सरकारले ९ प्रतिशत भन्सार महशुल र १ दशमलव ५ प्रतिशत अग्रिम आयकर पनि लिन्छ । वीरगञ्जमा आलु र प्याजका आयातकर्ताले मंगलवार पत्रकार सम्मेलन गरी सरकारी नीतिले प्याजको अवैध आयात बढाएको बताए । आलुको आपूर्ति स्वदेशी उत्पादनबाटै भइरहे पनि प्याज अवैध रूपमा भित्रिइरहेको व्यवसायी राजेशकुमार कलवारले दाबी गरे ।  भन्सारमा लिने राजस्वभन्दा अवैध आयातको खर्च कम पर्ने भएपछि सीमावर्ती क्षेत्रमा त्यस्ता वस्तुको अनधिकृत आयात मौलाउने गर्छ । वैध तरिकाले आयात गर्दा भन्सार, भ्याट र आयकर गरी २७ प्रतिशत जति पर्न जाने भएपछि अवैध आयात बढेको हो ।  भन्सारमा लिने राजस्वभन्दा अवैध आयातको खर्च कम पर्ने भएपछि सीमावर्ती क्षेत्रमा त्यस्ता वस्तुको अनधिकृत आयात मौलाउने गर्छ । अवैध आयातमा ढुवानीकर्ताले १० देखि १५ प्रतिशत खर्चमा भारतीय बजारबाट सीमावर्ती नेपालका बजारसम्म ढुवानी गरिदिने आयातकर्ता बताउँछन् । त्यसमाथि भारत सरकारले गत डिसेम्बरदेखि मार्चसम्मका लागि निर्यातमा प्रतिबन्ध लगाएपछि भन्सारबाट यसको आयात शून्य छ । भारतले मार्च ३१ पछि परिमाण तोकेर निर्यात प्रतिबन्ध हटाउने भएको छ । प्याजमा भ्याट नहटाएसम्म वैध आयात नहुने दाबी अर्का आयातकर्ता मुन्नाकुमार रायले गरे । सरकारकै नीतिका कारण सरकारी राजस्व मरिरहेको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव  राजपालले बताए ।  ‘आत्मनिर्भर भइसकेको उत्पादनमा आयात नियन्त्रणको नीति ठीकै भए पनि आयातको भरमा आपूर्ति हुने वस्तुमा राजस्व बढाउँदा अनधिकृत आयात बढेको छ । यसले एकातिर सरकारको राजस्व गुमेको छ भने अर्कातिर वैध आयातमा लाग्ने व्यवसायी समस्यामा परेका छन्,’ उपाध्यक्ष राजपालले भने ।  प्याजको अधिकांश आपूर्ति आयातको भरमा चलेको छ । ४ लाख १ हजार टन वार्षिक खपत रहेकोमा १ लाख ६९ हजार टनमात्र उत्पादन हुने सरकारी आँकडा छ । अन्य परिमाण आयातको भरमा चलेको आयातकर्ता बताउँछन् । नेपालमा वर्षेनि करीब ३८ लाख टन आलु खपत हुनेमा ४ लाख टन अझै आयात हुने व्यवसायीहरू बताउँछन् । अहिले सीमावर्तीदेखि राजधानी काठमाडौंसम्म भारतबाट अवैध रूपमा भित्रिएको प्याज पुगिरहेको छ । नेपालका सीमावर्ती बजारमै प्याजको मूल्य भारतीय बजारको तुलनामा प्रतिकिलो १० रुपैयाँसम्म महँगो पर्ने व्यवसायी राकेशकुमार कलवार बताउँछन् ।  नेपालमा अवैध रूपमा भित्रिएको प्याज सीमावर्ती क्षेत्रबाट काठमाडौं, पोखरा, नारायणगढलगायत शहरमा पुर्‍याइने गरेको व्यवसायी बताउँछन् । अवैध कारोबारीले स्थानीय प्रहरी, प्रशासन र चुहावट नियन्त्रणका निकायलाई प्रभावमा पारेर यस्तो धन्धा चलाइहेको उनीहरूको दाबी छ ।  प्याजको अवैध आयात बढेको भेटिएपछि निगरानी बढाइएको राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत प्रेमप्रसाद देवकोटाले बताए । देवकोटाका अनुसार अनुसन्धान कार्यालयले फागुन २ गतेसम्मका यस्तो कारबाहीबाट २१ लाख २० हजार धरौटी र ७ लाख ६५ हजार रुपैयाँ भीसीटीएस जरीवाना तिराएको छ ।

प्याजमा भ्याट बिचौलियालाई लाभ

नेपालमा फलेको प्याजमा भ्याट लाग्दैन र आयात गरेको प्याजमा मात्र भ्याट लाग्छ ।

‘आयात निरुत्साहित गर्न आलु र प्याजमा भ्याट’

अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक उत्पादन बढाउन र आयात निरुत्साहित गर्न आलु र प्याजमा भ्याट लगाइएको बताएका छन्।...

प्याज अब सुन पसलमा !

यतिबेला प्याजको मूल्य आकासिएको छ। बजेट आउनुअघि ४५ रुपैयाँ थियो। अहिले ९० रुपैयाँभन्दा बढी पुगिसक्यो। कारण हो बजेटमा कृषि उपजमाथि लागेको भ्याट। कृषि उपजमा नेपाल भारतसँग चरम रुपमा निर्भर छ। कृषि उपजमा भ्याट लागेपछि प्याज आयात रोकिएको छ। १० दिनदेखि भारतीय आलु र प्याज आयात बन्द भएको हो। आयात रोकिँदा…

आलु र प्याजमा लगाइएको भ्याट फिर्ता गर्न व्यवसायीको माग

काठमाडौं, जेठ ३०। आलुु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् । नेपाल कृषि उपज आलु, प्याज आयात निर्यात तथा थोक बिक्रेता सङ्घले सोमबार पत्रकार सम्मेलन गरेर बजेटमार्फत लगाइएको भ्याटका कारण आलु, प्याज महँगो भई उपभोक्ता मारमा पर्ने भन्दै खारेज गर्न माग गरेका हुन् । सरकारले आगामी आर्थिक वर्षको […]

आलु र प्याजमा भ्याट लगाएर अर्थमन्त्रीले आत्मघाती काम गरे : व्यवसायी

काठमाडौं । नेपालमा आलु र प्याजको कारोबार गर्ने व्यवसायीहरुले अर्थमन्त्री प्रकाशशरण महतले आलु र प्याजमा भ्याट लगाएर आत्मघाती कदम चालेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल कृषिउपज आलु प्याज आयात निर्यात थोक बिक्री संघले आलु र प्याजमा भ्याट लगाउने अर्थमन्त्री डा. महतको घोषणा मुलुक, उपभोक्ता र सयौं व्यवसायीको विरुद्ध भएको जनाएको […] The post आलु र प्याजमा भ्याट लगाएर अर्थमन्त्रीले आत्मघाती काम गरे : व्यवसायी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भ्याट लागु भएसँगै तरकारी आयात न्यून

काठमाडौं, जेठ २४। सरकारले बजेटमार्फत तरकारी तथा फलफूल जस्ता संवेदनशील वस्तुुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै आयात रोकेर विरोध गरिएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसअघि दिइएको छुट खारेज गरेर सरकारले बजेटमार्फत १७० वस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेका थिए । कालीमाटी फलफूल तथा तरकारी […]