अफगानिस्तानबाट नेपाली उद्दार कार्यदलको पहिलो बैठक–यस्ता छन् निर्णय

अफगान युद्धका कारण अलपत्र रहेका नेपालीको उद्दारका लागि  गठित कार्यदलको पहिलो बैठक सोमबार बसेको छ । बैठकले उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकहरुको विवरण विस्तृत रूपमा संकलन गर्न कन्सुलर सेवा विभागको वेबसाइट बनाइएको वेबसाइटमा नाम सहितको विवरण दर्ता गर्न अनुरोध गरेको छ । यस्तै त्यहाँ कार्यरत नेपालीहरुले सामाजिक सञ्जालको प्रयोगबाट आपसमा सुरक्षा स्थिति तथा उद्दार सम्बन्धि सूचना आदानप्रदान गर्न पनि अनुरोध गरिएको छ । उद्दारको प्रकृया शुरु भइ स्वदेश आउने क्रममा रहेका नेपालीहरुको नेपाल आगमन पश्चात् गर्...

सम्बन्धित सामग्री

अफगानिस्तानबाट नेपाली नागरिक उद्धारको प्रक्रिया अन्तिम चरणमा

११ भदौ, काठमाडौं । अफगानिस्तानमा रहेका नेपाली नागरिकको उद्धार प्रक्रिया अन्तिम चरणमा पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् । सरकारी तथ्यांक अनुसार अफगानिस्तानमा १५०० को हराहारीमा नेपाली थिए, तीमध्ये बिहीबार साँझसम्म ९०० नेपाल फर्किसकेका छन् । थप २०० जना अफगानिस्तानबाट उद्धार भई दोहा, लण्डन र नयाँ दिल्ली ल्याएइको छ । पछिल्लोपटक बिहीबार ११ जना नेपालीहरु काबुलबाट […]

अफगानिस्तानबाट दुई सय ९६ नेपाली फर्किए, फर्किन नपाएकालाई नाम टिपाउन आग्रह

मन्त्रालयले अफगानिस्तानबाट नेपाली फर्काउने काम भइरहेको भन्दै आफ्नो विवरण मन्त्रालयको वेबसाइटमा दर्ता गराउन आग्रह समेत गरेको छ ।

अफगानिस्तानबाट नेपाली फर्काउने क्रम जारी

काठमाडौं, (नेस) । संकटग्रस्त अफगानिस्तानबाट बुधबार साँझसम्ममा २ सय ८८ जना नेपाली उद्धार भई काठमाडौं आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार बुधबार बिहान ६१ र अपराह्न २५ गरी ८६ जना र यसअघि मंगलबार बिहान १ सय १८ र राति ८४ गरी २ सय ८८ नेपाली काठमाडौं आइपुगेका हुन् । अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुगेका नेपालीलाई […]

अफगानिस्तानबाट नेपाली फर्काउन पूर्ण सहयोग गरेका छौँ : अमेरिकी दूतावास

काठमाडौँ– अमेरिकाले अफगानिस्तानबाट नेपालीहरुलाई छाड्ने कार्यमा पूर्ण सहयोग गरेको जनाएको छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत काबुलस्थित अमेरिकी मिसनमा कार्यरत सबै नेपालीहरूलाई अफगानिस्तान छोड्ने कार्यमा अमेरिकाले पूर्ण सहयोग गरेको जनाएको हो । आज बिहान मध्यपूर्व हुँदै पहिलो उडानमार्फत नेपाल आइपुग्नुहुने नेपालीहरूलाई स्वागत गर्न पाउँदा खुशी लागेको दूतावासले जनाएको छ । दूतावासको फेसबुकमा लेखेको छ, ‘यो […]

अफगानस्तिानबाट नेपाली फर्काउन पाकिस्तानले सहयोग गर्ने

काठमाडौं । अफगानस्तिानको काबुलमा अलपत्र नेपालीलाई स्थलमार्ग हुँदै पाकिस्तानबाट समेत फिर्ता ल्याउन सकिने भएको छ । सोमबार इस्लामावादस्थित नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानी विदेश मन्त्रालयसँग समन्वय गर्दै अफगान पाक स्थलमार्गबाट नेपालीहरु स्वदेश फर्कन पाउने व्यवस्था मिलाइएको जनाएका हुन् । तालिवानहरुले सत्ता कब्जा गरेपछि हाल अफगाननिस्तानबाट व्यवसायिक उडान अन्तराष्ट्रिय उडान अवरुद्ध छ । ‘अफगानस्तिानको जालालावाददेखि पाकिस्तानको […]

अफगानिस्तानबाट नेपाली फर्काउनका लागि गृहकार्य सुरु

द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानबाट नेपाली फर्काउनका लागि गृहकार्य थालिएको छ । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई उद्धार गर्न संयोजन गर्न एक समिति निर्माण गरेको छ ।सरकारले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा समस्यामा परेका नेपालीहरूलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरीशचन्द्र घिमिरेको संयोजकत्वमा एक समिति गठन गरेको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जानकारी दिए ।प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले उक्त समितिमा गृह मन्त्र

द्वन्द्वग्रस्त अफगानिस्तानबाट नेपाली फर्काउँदै सरकार

काठमाडौं । द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानबाट नेपाली फर्काउनेका लागि गृहकार्य थालिएको छ । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई उद्धार गर्न संयोजन गर्न एक समिति निर्माण गरेको छ । सरकारले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा समस्यामा परेका नेपालीहरूलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरीशचन्द्र घिमिरेको संयोजकत्वमा एक समिति गठन गरेको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जानकारी दिए । प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले उक्त समितिमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, श्रम मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र सीसीएमसीको सहसचिव तहको प्रतिनिधित्व हुनेगरी समिति बनाइएको र समितिले आइतवारदेखि नै काम थालेको छ । ‘समितिको उद्देश्य के छ भने कदाचित् हामीले कसैलाई हामी आफैंले उद्धार गरेर ल्याउनुपर्‍यो भनेदेखि त्यसको संयोजन गर्ने, त्यसको व्यवस्थापन गर्ने गरेर सबै सरोकारवाला निकायहरूलाई राखेर यो संयन्त्र बनेको हो,’ उनले भने । अफगानिस्तानमा औपचारिक क्षेत्रमा करीब १५ सय नेपाली रहेको सचिव पौडेलले बताए । नेपालीहरू अफगानिस्तानको सदरमुकाममा काबुल बाहिर हालसम्म नरहेको रिपोर्ट पाएको उनको भनाइ छ । अफगानिस्तानमा औपचारिक क्षेत्रमा आबद्ध रहेका नेपालीहरू स्वयं संस्थाको पहलमा नेपाल आउने सम्भावना रहेको उनले बताए । सरकार दूतावास तथा अफगानिस्तानमा रहेका नियोगहरूसँग सम्पर्कमा रहेको पनि उनले जानकारी दिए । मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीहरूलाई सम्पर्कमा आउन सूचना जारी गर्ने, जहाँबाट भए पनि आफ्नो अवस्थाबारे जानकारी गराउन अनलाइन पोर्टल बनाउने तथा कन्सुरल सेवा विभाग र परराष्ट्र मन्त्रालयमा एक/एक ओटा फोनलाई ह्वाट्स एप र भाइबरमा लिंक गरेर सञ्चालन गर्ने सचिव पौड्यालको भनाइ छ । तालिवानले अफगानिस्तानका सबैजसो मुख्य शहर कब्जामा लिएको छ । आइतवारसम्म तालिवानीहरू राजधानी काबुल पनि प्रवेश गरेको समाचार संस्था एशोसिएट प्रेस (एपी) ले जनाएको छ । उनीहरूले यसअघि नै अरू मुख्य शहर कब्जामा लिइसकेका थिए । त्यहाँको स्थिति तनावग्रस्त भएपछि विभिन्न मुलुकहरूले आफ्ना नागरिकको उद्धार तीव्र पारेका छन् । अमेरिका, बेलायत, जर्मनी भारतलगायत मुलुक विशेष विमानमार्फत आफ्ना नागरिक फर्काइरहेका बेला नेपाललाई समेत आफ्ना नागरिक उद्धार गर्न दबाब परेको हो । संसद्को अन्तरराष्ट्रिय सम्बन्ध समितिको आइतवारको बैठकमा कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले उद्धारका लागि छिटो प्रभावकारी कदम चाल्न अनुरोध गरे । उनले नेपालीहरूको ज्यान जोगाउन विद्रोही तालिवानी सरकारसँग वार्ता अघि बढाउन सुझाव दिए । उनले भने, ‘त्यहाँ पुगेका नागरिकको सुरक्षाका लागि हामीले उद्धारसँगै तालिवानीहरूसँग पनि वार्ता अघि बढाउने हो कि ?’ एमाले सांसद भीम रावलले नेपालीहरूलाई छिटोभन्दा छिटो अफगानिस्तान छाड्न आह्वान गर्न सुझाव दिए । ‘नेपालीलाई छिटो अफगानिस्तान छोड्न भनौं । अरू देशले आ≈वान गरिसके, रावलले थप भने, ‘हामी आफैले पनि उद्धारका लागि पहल थालौं । अरू देशको भरमा नपरौं । आफ्ना नागरिक ल्याऔं ।’ यसैबीच, समितिले अफगानिस्तानमा रहेका नेपालीहरूको तत्काल उद्धार गर्न निर्देशन दिएको छ । समितिकी सभापति पवित्रा निरौला खरेलले सकेसम्म नेपाल आपैmले जहाज पठाएर ल्याउन त्यति नभए सुरक्षित अरू देशमा भने पनि स्थानान्तरण गर्न निर्देशन दिइन् । सभापति खरेलले भनिन्, ‘नेपालमै ल्याएर हुन्छ वा नजिकैका अरू पाकिस्तानजस्ता देशसम्म ल्याएर हुन्छ जसरी पनि नेपालीलाई सुरक्षित बनाउने कामलाई तीव्रता दिनू ।’ यसैबीच सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई सरकारको सम्पर्कमा आउनु सूचना जारी गरेको छ । त्यहाँ फसेका नेपालीको विवरण संकलन गर्न अनलाइन रजिस्टे«शन पनि खुला गरेको छ ।

अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन युवा संघको माग

एमाले वरिष्ठ नेता माधवकुमार नेपालनिकट युवा संघ नेपालले द्वन्द्वग्रस्त अफगानिस्तानबाट नेपाली नागरिकलाई यथाशीघ्र नेपाल फर्काउन माग गर्दै गृहमन्त्री बालकृष्ण खाणलाई ज्ञापनपत्र बुझाएको छ । संघका महासचिव दीपक जिएमको नेतृत्वमा सिंहदरबार...

अफगानिस्तानबाट नेपाली फिर्ता गराउन सरकारसँग आग्रह

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरुले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गरी तत्काल स्वदेश फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराएका छन । नेपाली काँग्रेसका नेता रमेश लेखक र नेकपा एमालेका नेता डाक्टर राजन भट्टराईले अफगानिस्तनमा चर्किएको द्वन्द्वले त्यहाँ रहेका नेपाली जोखिममा परेकाले उनीहरुलाई तत्काल उद्धार गरी ल्याउने काममा गम्भीर बन्न सरकारको […]