काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रतर्फ विनियोजित बजेट सम्बन्धी विवरण तत्काल उपलब्ध गराउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ । मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो । स्थानीय तहबाट कृषि क्षेत्रमा भएको बजेट तथा लगानीको विश्लेषण गर्न तथा आगामी दिनमा बजेट […]