नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशले गरेको विवादास्पद फैसला उपलब्ध गराउन आह्वान गरेको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विवादित फैसला गरी अन्यायमा पारेकाहरूलाई ती फैसला उपलब्ध गराउन आह्वान गरेका हुन् । नेपाल बार एसोसिएसनले बुधवार सर्वोच्च अदालतमा धर्ना दिनुअघि बार भवन परिसरमा कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशबाट अन्यायमा परेकाहरुलाई त्यस्तो फैसला बारलाई उपलब्ध गराउन आह्वान गरेका हुन् । प्रधानन्यायाधीश