सूर्या लाइफले प्रतिमहिना १२ सयमा १ करोडको बीमा गरिदिने

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले मासिक १२ सय रुपैयाँ तिर्दा १ करोड रुपैयाँ बराबरको बीमा गरिदिने भएको छ । बीमाको आधारभूत सिद्धान्तबाट अभिप्रेरित भइ न्यूनतम बीमा शुल्कमा सरल र सुलभ बीमा सम्पूर्ण वर्गको पहुँचमा होस् भन्ने नौलो सोच सहित ‘सूर्या सुरक्षा कवज’ बीमा योजना ल्याइएको सो कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यो योजना आज (फागुन १६) देखि नै लागू गरिएको छ ।हाल आर्थिक क्षेत्रमा आएको मन्दी तथा कोरना भाइरसका कारण जनजीवनमा देखिएको त्रासका कारण समेत जीवनको रक्षावरण गर्न अपरिह

सम्बन्धित सामग्री

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स मर्जमा जाने भएका छन् ।  दुवै कम्पनीले आज एक आपसमा  मर्जमा जानको लागि मर्जर सम्बन्धि सम्झौता गरेका हुन् । सम्झौतामा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका छन् । स्वाप रेसियो भने डीडीएपछि तय हुने छ ।बीमा समितिले बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्ने नीति ल्याएपछि बीमा कम्पनीहरुले धमाधम मर्जरको लागि सम्झौता गरिरहेका छन् । बीमा समितिले  आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न  छ ।

सूर्या लाइफ इन्स्योरेन्सले ल्यायो ‘सूर्या सुरक्षा कवज’ बीमा योजना

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ‘सूर्या सुरक्षा कवज’ बीमा योजना सञ्चालनमा ल्याएको छ । सम्पूर्ण वर्गमा सरल र सुलभ रुपमा बीमाको पहुँच पुगोस् भन्ने उद्देश्यका साथ सोमबार (१६ फागुन)देखि लागु हुने गरी कम्पनीले नौलो सोचसहित नयाँ बीमा योजना ल्याएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हालको विषम परिस्थितिमा आर्थिक क्षेत्रमा आएको मन्दी तथा […]

सूर्या लाईफको मोबाइल एप उद्घाटन, यस्ता छन् विशेषता

सूर्या लाईफ इन्स्योरेन्सले कम्पनीको मोबाइल एप उद्घाटन गरेको छ । कम्पनील १३ औं वार्षिक साधारण सभाको  अवसर पारेर एप उद्घाटन गरेको हो । कम्पनीले बीमित तथा अभिकर्तालाई आफ्नोपन महशुस हुने गरी थप सेवा सुविधा प्रदान गर्ने उद्देश्यले बीमा सेवा आफ्नै औंलामा भन्ने अवधारणा सहित एपको शुभारम्भ गरेको जनाएको छ ।  एपको प्रयोग गरी बीमा योजनाहरु खरिद गर्न सकिने सुविधा कम्पनीले मिलाएको छ । एन्ड्रोइड तथा आईओएस प्रविधीमा चलाउन सकिने कम्पनीको एप प्ले स्टोर तथा एप स्टोरबाट डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एप मार्फत कम्पनी तथा कम्पनीका बीमा योजनाहरु र बीमाशूल्कको सम्बन्धमा जानकारी प्राप्त गर्न सकिन्छ । कम्पनीका अभिकर्ताले आफ्नो र आफ्नो मातहतमा रहेका अन्य अभिकर्ताहरुले गरेको ब्यवसाय तथा बीमा योजना र बीमाशूल्क गणना सम्बन्धी जानकारी प्राप्त गर्न सकिने सुविधा एपमा रहेको छ । बीमितले एप मार्फत बीमाशूल्क भुक्तानी गर्न, बीमालेख तथा बीमाशूल्क भुक्तानीको विवरण प्राप्त गर्न सक्नेछन् । कम्पनीको एपलाई डाउनलोड गर्ने तरिका तथा प्रयोग विधिको सम्बन्धमा युट्युबमा हेर्न सकिने ब्यवस्था समेत मिलाईएको कम्पनीले जनाएको छ ।

सूर्या लाइफ इन्स्योरेन्स पहिलो

काठमाडौं, (नेस) । नेपालको जीवन बिमा व्यवसायमा मौलिक पहिचान तथा नयाँ उचाइमा पुग्ने लक्ष्यका साथ अगाडि बढिरहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेवामा उत्कृष्टता कायम गर्ने प्रतिबद्धताका साथ साइन बोर्डमा बिमा समितिको बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्न दिएको निर्देशन पालना गर्ने पहिलो जीवन बिमा कम्पनी बनेको छ । नियमनकारी निकाय बिमा समितिको गत […]

सूर्या लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सूर्या लाइफ इन्स्योरेन्स Surya Life Insurance Company  ले लाभांश घोषणा गरेको छ । कम्पनीको शनिवार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १२.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६६८४ प्रतिशत नगद लाभांश गरि कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त  प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब २६ करोड २८ लाख रहेको छ ।

सूर्या लाईफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तण

भदौ ४, बैतडी । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय बैतडीले मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले  बैतडीको पाटन नगरपालिका वडा नं. ८ का मोहन सिंह ऐरको मृत्यु दाबी रकम भुक्तानी गरेको हो ।  ऐरले २०७५ असार ३२ गते २२ लाख बीमांकको १५ वर्षे जीवन बीमा गरेकोमा २०७८ जेठ ९ गते कोरोना संक्रमणका कारण निजको मृत्यु भएकोले बीमा रकम भुक्तानी गरेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी शाखा बैतडीका कर्मचारी  खगेन्द्र भट्टले बताए । मृतक ऐरकी श्रीमती द्रोपति ऐरलाई घरमै गएर बीमा दाबी बापतको २४ लाख ९७ हजारको चेक हस्तान्तण गरिएको कम्पनीले बताएको छ । मृतक ऐरले वार्षिक अग्रीम भुक्तानी जीवन बीमा योजना अन्तर्गत ३ किस्ता बापतको रकम कम्पनीमा बुझाएका थिए । मृतकको बीमांक रकम २२ लाख थियो । मृत्यु दाबी रकम भुक्तानीले परिवारलाई केहि राहत भएकोले जीवन बीमा गर्नु आफ्नो र परिवारको सुरक्षाको लागि रहेको रकम हस्तान्तणमा सहभागी वडा अध्यक्ष देवेन्द्र कुवरले बताए ।

विवेक झा सूर्या लाइफको सञ्चालकमा

९ जेठ,  काठमाडौं । बीमा क्षेत्रको सेलिब्रेटी सिईओको रुपमा परिचय बनाएका विवेक झा अन्ततः कार्यकारी भूमिका नभई सक्रिय सञ्चालकको भूमिकामा देखिने भएका छन् । विवेक झा माछापुच्छ्रे बैंक हुँदै करिव ११ वर्षअघि नेपाल लाइफ इन्स्योरेन्स भित्रिएका थिए । माछापुच्छ्रे बैंकमा २ वर्ष काम गरेका विवेक झा एक दशक -१० वर्ष) लामो नेतृत्वदायी भूमिका निर्वाह गरी […]