सूर्या लाईफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तण

भदौ ४, बैतडी । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय बैतडीले मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले  बैतडीको पाटन नगरपालिका वडा नं. ८ का मोहन सिंह ऐरको मृत्यु दाबी रकम भुक्तानी गरेको हो ।  ऐरले २०७५ असार ३२ गते २२ लाख बीमांकको १५ वर्षे जीवन बीमा गरेकोमा २०७८ जेठ ९ गते कोरोना संक्रमणका कारण निजको मृत्यु भएकोले बीमा रकम भुक्तानी गरेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी शाखा बैतडीका कर्मचारी  खगेन्द्र भट्टले बताए । मृतक ऐरकी श्रीमती द्रोपति ऐरलाई घरमै गएर बीमा दाबी बापतको २४ लाख ९७ हजारको चेक हस्तान्तण गरिएको कम्पनीले बताएको छ । मृतक ऐरले वार्षिक अग्रीम भुक्तानी जीवन बीमा योजना अन्तर्गत ३ किस्ता बापतको रकम कम्पनीमा बुझाएका थिए । मृतकको बीमांक रकम २२ लाख थियो । मृत्यु दाबी रकम भुक्तानीले परिवारलाई केहि राहत भएकोले जीवन बीमा गर्नु आफ्नो र परिवारको सुरक्षाको लागि रहेको रकम हस्तान्तणमा सहभागी वडा अध्यक्ष देवेन्द्र कुवरले बताए । 

सम्बन्धित सामग्री

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा एक करोड मृत्यु दाबी भुक्तानी

काठमाडौँ – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बिमा मृत्यु दाबीबापत बिमांक रु १ करोड रकम भुक्तानी गरेको छ। कम्पनीले एक कार्यक्रम आयोजना गरी मृतक बीमित देवबहादुर खत्रीकी पत्नी यमुना चालिसेलाई सो मृत्यु दाबी रकम भुक्तानी गरेको हो। साविक युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा तीन वर्षअघि एक करोडको जीवन बिमा गरेका देवबहादुर खत्रीको मृत्युपश्चात् सो दाबी […]

गुराँस लाइफले दियो २६ लाखको मृत्यु दावी भुक्तानी

गुराँस लाइफ इन्स्योरेन्सले एकै दिन दुई वटा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार लालले बीमित शेष अनसारुलको श्रीमति समसा खातुलनलाई मृत्यु दाबी भुक्तानी गरेका छन् ।सिइओ लालले रौतहटको देवाही गोनाही नगरपालिका–१ का मृतक शेष अनसारुल हकको मृत्यु दावी वापतको रकम उनकी श्रीमती समसा खातुनलाई मृत्यु दावी वापतको १३ लाख रुपैयाँको […]

सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

सिमकोट– दुर्गमको गाउँका एक जना बीमितका परिवारलाई सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गरेको छ। दुई महिना अगाडि आफ्नै घरमा मृत्यु भएका बीमितका परिवारलाई सोमबार घरमै पुगेर कम्पनीले बीमाबापतको रकम भुक्तानी गरेको हो। उक्त भुक्तानी पाउनेमा हुम्लाको अदानचुली गाउँपालिका–४ को बिगोठी गाउँका बिर्खराज बुमीका परिवार रहेका छन्। बिर्खराजको दुई महिनाअघि निधन भएको थियो। […]

नेपाल लाइफले गर्‍यो मृत्यु दाबी भुक्तानी

पुस २९, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रू. ५ लाख ९२ हजार ८५ बराबरको मृत्यु दाबी भुक्तानी गरेको छ ।  कम्पनीले बीमित मनिता अधिकारी दवाडीको मृत्यु दाबी बापतको रकम उनका हकवाला श्रीमान रामशरण अधिकारीलाई भुक्तानी दिएको हो ।  कम्पनीको काठमाडौं शाखाकी प्रबन्धक अनिता अधिकारीले सम्बन्धित एजेन्सी म्यानेजर दिवाकर खड्काको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरेकी हुन् ।  मृतक बीमित मनिता अधिकारीले रू. ५ लाख ९२ हजार ५ लाख बराबरको १५ वर्षे जीवन बीमा २०७५ साल मंसिर १८ गते गरेको एजेन्सी म्यानेटर खड्काले जानकारी दिए ।  उनका अनुसार बीमित अधिकारीको मृत्यु क्यान्सर रोगका कारण २०७८ साल कात्तिक ६ गते भएको हो ।

सिटिजन्स लाइफद्वारा एक महिनामा ५७ लाख मृत्यु दाबी भुक्तानी

रघुगंगा गाउँपालिका–१ बेगका दुई जना बिमितका परिवारलाई आइतबार ५४ लाख मृत्यु दाबी रकम भुक्तानी गरेको कम्पनीले बेनी नगरपालिका–३ का शान्तराम बुढाथोकीका परिवारलाई तीन लाख ३८ हजार ३८८ हस्तान्तरण गरेको थियो।...

एशियन लाइफको मृत्यु दाबी भुक्तानी

धरान (अस) । एशियन लाइफ इन्स्योरेन्सको धरान शाखाले बेलका–३ उदयपुरका हिरणबहादुर बस्नेतको परिवारलाई मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । मोटरसाइकलको ठक्करबाट घाइते भई उपचारार्थ अस्पताल लैजाँदै गर्दा मृत्यु भएका बीमित बस्नेतकी श्रीमती इन्द्रमाया बस्नेतलाई १ लाख ९९ हजार ८ सय १२ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको हो । मृतक बस्नेतले ९ वर्षअघि १ लाख २ हजारको सावधिक बीमा योजनामा बीमा गरी ५१ हजार कर्जा लिएका थिए । कम्पनीबाट २ लाख ५२ हजार ४ सय ५२ रुपैयाँ पाउनेमा कर्जा साँवा ब्याज कट्टा गरी रकम उपलब्ध गराइएको धरान शाखा प्रबन्धक सुजन भण्डारीले बताए ।

कोषद्वारा १ करोड ६८ लाख कोभिड मृत्यु दाबी भुक्तानी

काठमाडौं (अस) । नागरिक लगानी कोषले  महामारीको रूपमा फैलिएको कोरोना भाइरस प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई १ करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ । महामारी सुरुआतदेखि कोभिडबाट मृत्यु हुनेका आश्रित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले हकवालालाई २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय कोषले गरेको थियो । ०७८ साउन ५ सम्म कोभिडबाट मृत्यु हुनेलाई उक्त रकम उपलब्ध गराइँदै आएको कोषले बताएको छ । कोषले हालसम्म कोभिडबाट मुत्यु भएका ८४ जना हकवालालाई कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको हो । कम्पनीका वरिष्ठ अधिकृत तारानाथ भट्टराई र अधिकृत पुरुषोत्तम भट्टराईले कोभिडबाट मृत्यु भएका कोषमा सहभागी बुटवलका कन्हैया थारुकी श्रीमती पार्वती थारुलाई २ लाख रुपैयाँको चेक हस्तारण गरे ।

रिलायन्स लाइफद्वारा मृत्यु दाबी भुक्तानी

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २ करोड ५० लाखको मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कोहलपुर नगरपालिकाका सर्जन बिकको मृत्यु पश्चात् कम्पनीको नियम अनुरुप सो दावी भुक्तानी रकम बिमितको इच्छाइएको व्यक्ति धर्मपत्नी श्रीमती सपना मल्ललाई हस्तान्तरण गरेको हो ।दावी भुक्तानी कार्यक्रममा बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमन पौडेल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष ताराचन्द […]

रिलायन्स लाइफ इन्स्योरेन्सले गर्‍यो साढे २ करोडको मृत्यु दाबी भुक्तानी

साउन १३, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले मृत्यु दाबी बापत २ करोड ५० लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले बुधवार एक कार्यक्रम आयोजना गरी बीमितको श्रीमतीलाई सो दाबी रकम भुक्तानी गरेको हो । २० वर्षीय बीमित सजन विकको मृत्यु दाबी बापत उनकी श्रीमती सपना मल्ललाई २ करोड ५० लाख रुपैयाँ बराबरको रकम भुक्तानी गरेको हो । मृतकका श्रीमती मल्ललाई बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । दाबी वापतको रकम भुक्तानी गर्दै अध्यक्ष सिलवालले बीमा कम्पनीले दाबी भुक्तानी नदिने भन्ने भ्रम रहेको बताए । यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मृतक बीमितको परिवारलाई उक्त रकमले सहयोग पुग्ने बताए ।