नापीको अनलाइन सेवा दिने 'मेरो कित्ता' प्रणाली : '४० कार्यालयको लक्ष्य, ३ मा मात्रै विस्तार'

काठमाडौैं । गत २०७८ वैशाख २ मा तामझामका साथ शुरू गरिएको सरकारी सफ्टवेयर 'Mero Kitta' प्रणाली बजेट अभावका कारण पूरा हुन सकेको छैन । पहिलो वर्ष १० कार्यालय, दोस्रो वर्ष ४० ओटा गरेर ५० कार्यालयमा लागू गरेको विभागले यस वर्ष थप ४० कार्यालयमा यो प्रणाली जडान गर्ने लक्ष्य राखेको थियो । तर, सरकारले बजेट नदिँदा यो वर्ष थप ३ कार्यालयमा मात्रै यो प्रणाली विस्तार गर्न सकिएको छ । हाल विभाग मातहतमा १२६ कार्यालय चालू अवस्थामा छन् भने हालसम्म ५३ ओटा कार्यालयमा मात्रै यो सेवा सञ्चालनमा आएको विभागका सूचना अधिकारी दामोदर ढकालले बताए ।  विभागले सबै कार्यालयमा यो प्रणाली जडान गर्न सरकारसँग करिव २० करोड लाग्ने अनुमानसहित उक्त बजेटको लागि अर्थमन्त्रालयसँग प्रस्ताव गरेको थियो । सरकारले चालू आवमा कुनै पनि बजेट नछुट्याएको कारण सेवा विस्तामा ढिलाइ भएको ढकालले बताए । आन्तरिकरूपमा खर्च गर्ने मिल्ने बजेटबाट थप ३ कार्यालयमा सेवा सञ्चालन भए पनि अन्य कार्यालयमा चालू आवमा लागू गर्ने योजना अलपत्र परेको छ । 'हामीसँग पूर्वाधार नै छैन, पूर्वाधार तयार पार्न पैसा चाहिन्छ, सरकारले बजेट दिएन, कसरी गर्न सकिन्छ र ?' उनले अभियानसँग भने । यसको फिडब्याक राम्रो आएको र हालसम्म यसमा पर्ने समस्या केही देखिएकोले काम निरन्तर अगाडि बढाएको उनले बताए । 'तर सेवा विस्तारका लागि आर्थिक समस्या परेको छ । मन्त्रालयलगायत सबै ठाउँमा माग गरेका छौं । तर, सरकारसँग नै नभएपछि कसरी दिने हो भन्ने छ,' उनले भने, 'आवश्यक बजेट विनियोजन भयो भने वा अन्य वैकल्पिक स्रोतबाट आयो भने यसलाई देशैभर लैजान तत्पर छौं ।  सबै सेवा एकै ठाउँ गर्ने भन्दै शुरू भएको यो प्रोजेक्टको अन्य सेवा प्रदायक क्षेत्र बैंक, राजस्व कार्यालय, स्थानीय तह, मालपोत लगायतका कार्यलयलाई एउटै प्रणालीमा ल्याएर सहज सेवा दिने भनिए पनि सबै क्षेत्रका सिस्टम तथा software मा एकरुपता नहुँदा त्यो सेवा पनि सञ्चालन हुन सकिरहेको छैन । जिल्ला, कार्यालयहरूको coding मा एकरूपता नहुनु, फरक-फरक निकायले निर्माण गरेका सफ्टवेयरमा एकरूपता नहुँदा सबैलाई इन्टिग्रेसन गर्नै मुस्किल भएको उनले बताए ।  'नेपालमा एउटा सानो काम गर्ने अनि ठूलो गफ गर्ने चलन छ । हामीले यो सिस्टम शुरू गर्दा नापी, मालपोत, राजस्व, स्थानीय तह सबैलाई क्रमश: जोडिंदै जानु पर्ने हो । त्यसको लागि सिस्टममा केही न केही पूर्वाधार तयार हुन पर्छ । त्यस्ता पूर्वाधार सबै ठाउँमा एकरूपता कायम गर्दैनौं,' ढकालले भने, 'हालसम्म जिल्लालाई कोडिङ गर्ने को हो भन्ने नै थाहा छैन, फरक परक क्षेत्रले फरक फरक तवरले कोडिङ गरेका छन् । त्यसैले एकीकृत गर्नै समस्या हुने गरेको छ ।' तर, मालपोत र नापीबीच मात्रै भए पनि इन्टिग्रेट गरेर जाने गरी अध्ययन सकिएको र करीब अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । 'यसकै लागि मालपोतले आफ्नो सफ्टवेयरलाई अपग्रेड गरिरहेको छ । मालपोतसँग हाम्रो इन्ट्रिग्रेट हुन सक्छ यसमा कुनै समस्या छैन, अन्यका हकमा पनि हामीले क्रमश: जोड्दै जाने योजना छ,' उनले भने ।  'मेरो कित्ता' एपबाट अहिले नक्सा, फिल्ड बुक र प्लट रजिष्टर प्रिन्टको सेवा पाउनुका साथै फिल्ड रेखाङ्कनको लागि निवेदन दिन सकिन्छ । यो एपबाट सेवा लिन जग्गाधनी प्रमाण पूर्जा र नागरिकताको स्क्यान कपी अपलोड गर्नुपर्छ । त्यसपछि मोबाइल नम्बर राख्नुपर्छ । मोबाइल नम्बरमा आएको ओटीपी राखेपछि सर्वसाधारणहरूले मेरो कित्तामा उपलब्ध सेवा लिन सक्छन् । जग्गाको नक्सा स्थानीय तहबाट पाइने उनका अनुसार पालिकाले आफै नक्सा लिएर पब्लिकलाई दिने व्यवस्था गर्न लागिएको छ । विभागले स्थानीय तहलाई मात्रै होइन, विभिन्न बैंक तथा वित्तीय क्षेत्रलाई समेत यो सेवा आफै दिने व्यवस्था मिलाउन लागेको बताए । जसका लागि विभागले नियामक निकाय नेपाल राष्ट्र बैंकलाई यो सेवा बैंक आफैले दिनसक्ने र त्यसको लागि सहजीकरण गरिदिन गत भदौमा नै पत्र लेखेर अनुरोध गरेको बताए ।  हाल विभिन्न बैंकले युजर आइडी र पासवर्ड लिएको उनले बताए । अब नक्सा लिन नापी कार्यालयमै धाउनु नपर्ने, नापीको सेवा स्थानीय तह र बैंकबाट दिने तयारी घरजग्गाबाट लक्ष्यअनुसार राजस्व नआउँदा स्थानीय सरकार अफ्ठ्यारोमा, 'लक्ष्यको आधा मात्रै संकलन' अघिल्लो त्रैमासको भन्दा दोब्बरले बढ्यो घरजग्गा लिलामी, दैनिक ४ हजार सीसी लिलामीका विज्ञापन

सम्बन्धित सामग्री

त्रिविको अनलाइन सेवा : ‘विश्वास लाग्दैन’ भन्दै कार्यालयमै धाउँछन् विद्यार्थी

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अनलाइन सेवा शुरु गरेको एक महिना नाघेको छ। इतिहासमै पहिलोपटक त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले माघ १५ गते अनलाइन सेवा शुरु गरेको थियो तर अनलाइन सेवा शुरु गरेको भोलिपल्टै अर्थात् माघ १६ गते नै पनिका बल्खुको वेबसाइट (tuexam.edu.np) सामान्य ह्याकरको नियन्त्रणमा पुगेपछि वेबसाइट चलेन।फेरि त्रिविले सेक्युरिटी अडिट कार्य सम्पन्न भएको भन्दै फागुन ६ गते आइतबारदेखि अनलाइन सेवा पूर्ण रूपमा सञ्चालन भएको जनाएको थियो। तैपनि वि

रसुवाका स्वास्थ्य संस्थामा अनलाइन सेवा विस्तार

रसुवा, ५ चैत । नियमित सेवा प्रवाहअन्तर्गत उत्तरी रसुवाको स्वास्थ्यचौकीहरूमा अनलाइन सेवा सञ्चालन गरिएको छ । आमाछोदिङ्मो गाउँपालिकाका स्वास्थ्य संस्थामा उपचारका लागि आउने सबै सेवाग्राहीको अभिलेख कम्प्युटरमा राख्ने र प्रमाणस्वरूप कम्युटरकै प्रिन्ट दिने गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख निमा नुर्पु तामाङले जानकारी दिए । उनका अनुसार गोल्जुङ्, थाम्बुचेत, गतलाङ्, ठूलोहाकुको स्वास्थ्यचौकी र ग्रे गाउँ तथा […]

सञ्चालनमा आयो त्रिविको अनलाइन सेवा

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले अनलाइन सेवा फेरि सञ्चालनमा ल्याएको छ। पनिकाले ह्याक भएको वेबसाइट प्राविधिक अवरोध हटाएपछि हिजो (आइतबार) अनलाइन सेवा पुन:सञ्चालनमा आएको जनाएको हो।‘त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा दिइने सेवाहरू यही मिति २०८० माघ १५ गतेदेखि अनलाइन तथा अफलाइन माध्यमबाट संचालन गरिएकोमा प्राविधिक कारणले गर्दा केही समय अनलाइन माध्यम बन्द रहेकोले २०८० माघ २८ गतेदेखि सूचना प्रवाह संचालन भए

त्रिविले भन्याे : दबाब र हतारमा अनलाइन सेवा थाल्दा ह्याक भयाे

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले दबाबका कारण हतारमा अनलाइन सेवा थाल्दा वेबसाइट ह्याकको समस्या निम्तिएको जनाएको छ। पनिकाको आइटी विभागले हतारमा अनलाइन सेवा छिटो थाल्नुपर्ने दबाब आउँदा सुरक्षित ढंगले सेवा सुरु गर्न नपाइएको बताएको हो।आइटी विभाग प्रमुख दीपकबहादुर शाहीका अनुसार आगामी नयाँ वर्षदेखि व्यवस्थित ढंगले अनलाइनबाट सेवा दिने योजना थियो। ‘तर,छिटो अनलाइन थाल्नुपर्ने भनेर दबाब आयो, अझै पनि ती मागका ब्यानरहरू देख्नु भएकै होला गेटमा, आन्दोलन गर

जुलीज केक र पेस्ट्रीले सुरु गर्‍यो अनलाइन सेवा

जुलीज केक र पेस्ट्रीले ग्राहकको सुविधाका लागि अनलाइन सेवा सुरु गरेको छ।

अनलाइन सेवा देशव्यापी बनाउनुपर्छ : मन्त्री ज्वाला

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अनलाइन सेवा देशव्यापी बनाउनुपर्ने बताएका छन्।बिहीबार ललितपुरमा सवारी चालक अनुमति पत्रको अनलाइन राजस्व भुक्तानी सहितको विद्युतीय सेवा प्रवाह प्रणाली विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले लाइसेन्स, राजस्व बुझाउन कार्यालयमा जानुपर्दैन, लाइन लाग्नुपर्दैन भन्ने कुराको सुनिश्चितता दिनुपर्ने आवश्यकता रहेको बताए। उनले तीन तहका सरकारको बीचमा समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्तअनुसार अघि बढे कुनै पनि काममा सफल भइने

वैदेशिक रोजगार विभागको अनलाइन सेवा अवरुद्ध

२३ साउन, काठमाडौं । वैदेशिक रोजगार विभागको अनलाइन सेवा अवरुद्ध भएको छ । विभागको ‘एफईआईएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मंगलबार साँझ ५ बजेदेखि अर्को सूचना नभएसम्म सेवा अवरुद्ध भएको विभागले जनाएको छ । विभागका अुनसार एफईआईएमएस प्रणालीमा फाइनल अपलोड नहुने भएको हो । यसो हुँदा अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिन मिल्दैन । […]

पर्साको मालपोत कार्यालयमा अनलाइन सेवा सुरु हुँदै

वीरगञ्ज –भूमि सुधार तथा मालपोत कार्यालय, पर्सामा अगामी माघ १ गतेदेखि पूर्णरूपमा अनलाइन सेवा सञ्चालन हुने भएको छ। अनलाइनमार्फत मलापोत कार्यालयको सेवा सुरु हुने भएपछि लिखतमा हुने त्रुटीहरु कम हुने विश्वास गरिएको छ। पहिले विभिन्न किसिमका लिखतहरु कागजमा तयार हुँदा त्रुटी हुने, बढी समय लाग्ने भएकाले अब अनलाइन भएपछि उक्त समस्या हटेर सेवाग्राहीको काम छिटो […]

प्रहरी रिपोर्ट : अनलाइन सेवा दिँदा पनि हटेन ठगी

काठमाडौं : केही समयअघि कन्सुलर विभागमा प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरणका लागि घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था थियो। लाइनले सर्वसाधारणलाई सास्ती भोग्नुपरेको भन्दै कन्सुलर विभागले गत भदौमा अनलाइन सेवा सुरु गरेको थियो। विभागमा दैनिक २ हजारभन्दा बढी सेवाग्राही आउने गरेका थिए। भीडलाई व्यवस्थापन गर्ने उद्देश्यले अनलाइन सेवा सुरु गरिए पनि यसले सर्वसाधारणलाई सहज बनाउनुको साटो केहीका लागि ठगी गर्ने बाटो बनेको छ।सर्वसाधारणले आफैंले भर्नसक्ने फारम म्यानपावर कम्पनी वा अन्य व्यक्

प्रभुु क्यापिटलको 'प्रभु दाइ' अनलाइन सेवा सुरु

प्रभु क्यापिटलले आफना ग्राहकहरूलाई क्यापिटलको विषयमा जानकारी प्रदान गर्न अनलाइन सेवा सुरु गरेको छ । क्यापिटलले 'प्रभु दाइ' नामको अनलाइन सेवा साेमबारदेखि सञ्चालनमा ल्याएकाे हो