वैदेशिक रोजगार विभागको अनलाइन सेवा अवरुद्ध

२३ साउन, काठमाडौं । वैदेशिक रोजगार विभागको अनलाइन सेवा अवरुद्ध भएको छ । विभागको ‘एफईआईएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मंगलबार साँझ ५ बजेदेखि अर्को सूचना नभएसम्म सेवा अवरुद्ध भएको विभागले जनाएको छ । विभागका अुनसार एफईआईएमएस प्रणालीमा फाइनल अपलोड नहुने भएको हो । यसो हुँदा अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिन मिल्दैन । […]