काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले अनलाइन सेवा फेरि सञ्चालनमा ल्याएको छ। पनिकाले ह्याक भएको वेबसाइट प्राविधिक अवरोध हटाएपछि हिजो (आइतबार) अनलाइन सेवा पुन:सञ्चालनमा आएको जनाएको हो।‘त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा दिइने सेवाहरू यही मिति २०८० माघ १५ गतेदेखि अनलाइन तथा अफलाइन माध्यमबाट संचालन गरिएकोमा प्राविधिक कारणले गर्दा केही समय अनलाइन माध्यम बन्द रहेकोले २०८० माघ २८ गतेदेखि सूचना प्रवाह संचालन भए