काठमाण्डौ – नेपालीहरूको मुख्य श्रम गन्तव्य देश खाडी र मलेसियामा विभिन्न किसिमका फौजदारी अभियोगमा ८७१ जना नेपाली जेलमा रहेको पाइएको छ ।
पछिल्लो समय दूतावासहरूले दिएको जानकारी अनुसार खाडीका ६ देश र मलेसियामा ८७१ नेपाली विभिन्न फौजदारी अभियोग लागेर जेलमा रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
बोर्डसँग रहेको तथ्याङ्क अनुसार खाडीको देश साउदी अरेबियाको जेद्दामा ५२ जना, साउदीकै रियादमा ३४६ जना, यूएईमा १८१ जना, कतारमा ६१ जना, कुवेतमा ७१ जना बहराइनमा १३ जना र ओमानमा ५ जना जेल जीवन बिताइरहेका छन् ...