सरकारलाई टाउको दुखाइ बन्दै पर्यटक भिसामा खाडी जाने नेपाली, ५ महिनामा बाहिरिए ६७ हजार

पर्यटक भिसामा खाडी मुलुक जाने नेपालीहरू सरकारका लागि टाउको दुखाइको विषय बनेका छन् । पछिल्लो ५ महिनामा मात्रै पर्यटक भिसामा ६७ हजार ४ सय ४ नेपाली विदेशिएको अध्यागमन विभागको तथ्यांकले देखाउँछ । उक्त संख्या सन् २०२१ को अगस्ट महिनादेखि डिसेम्बरसम्मको हो । ‘पर्यटक भिसामा विदेश जाने नेपालीहरूको संख्या धेरै नै छ । त्यसमध्ये पनि खाडी मुलुक जाने धेरै हुनुहुन्छ,’ अध्यागमन विभागका प्रवक्ता शेखर पौडेलले लोकान्तरसँग भने । यसमध्येका सीमित भने विदेशमा आफन्तलाई भेट्न जानेहरू पनि छन् । पर्यटक भिसामा विदेश जान...

सम्बन्धित सामग्री

लोकान्तर समाचार प्रभाव : भिजिट भिसामा खाडी राष्ट्रमा जान रोक

गृह मन्त्रालयले भिजिट भिसामा खाडी देशहरू र मलेसिया जान रोक लगाएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै भिजिट भिसामा खाडी जान रोक लगाएको जनाएका छन् । यसअघि लोकान्तर डट्कमले माघ ५ गते ‘ सरकारलाई टाउको दुखाइ बन्दै पर्यटक भिसामा खाडी जाने नेपाली, ५ महिनामा बाहिरिए ६७ हजार’ शीर्षकको समाचार प्रकाशित गरेको थियो । सरकारलाई टाउको दुखाइ बन्दै पर्यटक भिसामा खाडी जाने नेपाली, ५ महिनामा बाहिरिए ६७ हजार लोकान्तरमा समाचार प्रकाशित भएपछि गृह मन्त्रालयद्वा...