काठमाण्डाै – बैंक तथा वित्तीय संस्था परिसङ्घका अध्यक्ष पवन गोल्यानले कृषिजन्य वस्तु उत्पादन गरेर निर्यात गर्ने युवालाई बैंकमार्फत सहुलियतपूर्ण कर्जा दिने प्रतिबद्धता जनाउनुभएको छ । आइतवार काठमाण्डाैमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । उहाँले नेपाली कृषिजन्य उत्पादनहरू भारतले नेपालबाट आयात गरेर आफ्नो ब्रान्ड बनाएर खाडी देशमा निर्यात गर्ने गरेको भन्दै नेपाल आफैँले ब्रान्ड बनाएर खाडी देशमा निर्यात गर्न सक्नुपर्ने बताउनुभयो । अध्यक्ष गोल्यानले...