मेयर-उपमेयर विवाद : नगरपालिकाभर पढाइ ठप्प

जनकपुरधाम : मेयर र उपमेयरको विवादका कारण धनुषाको नगराइन नगरका हजारौँ विद्यार्थीको पढ्न पाउने अधिकार खोसिएको छ।धनुषाको नगराइन नगरपालिकामा मंसिर १८ गतेदेखि सबै सरकारी विद्यालयको पठनपाठन बन्द भएको छ।नगरसभाबाट बजेट पास नहुँदा शिक्षकहरू ६ महिनादेखि तलबभत्ता नपाएका कारणले पठनपाठन छाडेर आन्दोलनमा उत्रिएपछि नगर क्षेत्रमा भएका सबै सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको हो।नगरपालिका विवादका समाधान गर्न पटक पटक सर्वदलीय सर्वपक्षीय बैठक गरे पनि समस्या समाधान हुन नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रा

सम्बन्धित सामग्री

कार्यवाहक अध्यक्षको विवादले तीन सातादेखि वडाको कामकाज ठप्प

दोलखा– दोलखाको तामाकोसी गाउँपालिका-३ जफेमा कार्यवाहक वडा अध्यक्षको विवादका कारण तीन सातादेखि वडाको कामकाज ठप्प भएको छ । वडा नम्बर -३ का वडा अध्यक्ष राम प्रसाद काफ्लेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत फागुन २७ गते विशेष अदालतमा मुद्दा दर्ता गरेपछि निलम्बनमा परे सँगै कार्यवाहक वडा अध्यक्ष बीचको विवाद नमिल्दा वडाको सम्पूर्ण कामकाज ठप्प भइ स्थानीय […]

नगर प्रमुख र उपप्रमुखबीच विवाद नमिल्दा वृन्दावनको विकास निर्माण ठप्प

रौतहटको वृन्दावन नगरपालिकाका नगर प्रमुख र उपप्रमुखबीचको विवाद नमिल्दा विकास निर्माणको काम ठप्प भएको छ।...

हवाई उडान ठप्प पार्ने चेतावनी

समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने निकायले आदेशात्मक व्यवस्था लागू गर्न खोजेको भन्दै हवाई सेवाको नियामक निकाय र वायुसेवा सञ्चालन गर्ने संस्थाबीचको विवाद चुलिएको छ । निर्णय लागू गर्न खोज्ने र निर्णय पालन नगर्ने अडानका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण र निजी वायुसेवा सञ्चालक संघबीचको विवाद बढेको हो ।प्राधिकरणले आइतबार विज्ञप्ति जारी गर्दै हवाई जहाजसञ्चालक कम्पनीले असार […]

कला क्षेत्रमा गतिविधि ठप्प, विवाद प्रशस्त

२०७८ सालमा अधिकांश नयाँ फिल्मले सुटिङ थाल्न पाएनन्। फलस्वरूप कलाकारदेखि प्राविधिकहरू म्युजिक भिडियोमा केन्द्रित भएका थिए। ‘म यस्तो गीत गाउँछु–२’ फिल्म रिलिजसँगै नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा अभिनेता पल शाह थुनामा परे। जिल्ला अदालत पूर्वी नवलपरास...

अरुण तेस्रोमा मुआब्जा विवाद, पावरहाउसको काम ठप्प

सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्ड सात दिनदेखि अवरुद्ध भएको छ । प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्डका पीडितहरूले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।अरुण तेस्रोको प्रवेशमार्ग छयाङकुटी–पुखुवा सडकखण्डको मुआब्जा नपाएपछि सात दिनदेखि अरुण तेस्रो आयोजना र प्रवेशमार्ग अवरुद्ध पारेको सङ्घर्ष समितिका अध्यक्ष हर्कसिंह राईले बताए । प्रवेशमार्ग छयाङकुटी–पुखुवा सडकखण्डको मुआब्जा तीन वर्ष बित्दासमेत नपाएपछि बाध्य भएर प्रवेशमार्ग र आयोजनाको पावरहाउसको काम अवरुद्ध बनाएको अध्यक्ष राईले बताए। पहिले १५ मिटरको मुआब्जा दिएर आयोजनाले अहिले ३० मिटर जग्गा अधिग्रहण गरेको अध्यक्ष राईको भनाइ छ ।अरुण तेस्रो परियोजनाको करिब ५० प्रतिशतमाथि काम भइसक्दा पनि मुआब्जा नपाएपछि स्थानीयवासीले चैत ८ गतेबाट प्रवेशमार्ग र पावरहाउसको काम सडक अवरुद्ध पारेर आन्दोलनमा उत्रिएका हुन् । प्रवेशमार्गका स्थानीयवासीले गत मङ्गलबारदेखि भौतिक निर्माणका काम बन्द गरिदिएका छन् । छ्याङकुटीबाट पावरहाउसस्थल दिदिङसम्मको मुआब्जा विवाद केही वर्षदेखि कायम छ । यो खण्डमा सरकारी मूल्यअनुसार मुआब्जाको रकम नदिएपछि स्थानीयवासीले सडक र काम ठप्प बनाएका हुन् । यस क्षेत्रका २०० परिवारले मुआब्जा नपाएको पीडितले गुनासो गरे ।आयोजनाको पावरहाउस पुखुवामा भारतको पटेल इञ्जीनियरिङ कन्सल्टेन्सी कम्पनीले काम गरिरहेको छ । छयाङकुटी–पुखुवा मुआब्जा सङ्घर्ष समिति र अरुण तेस्रो सरोकार समितिले यसअघि नै पटक–पटक मुआब्जाका विषयमा सरोकारवाला निकायलाई ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको उनीहरूले बताए । छयाङकुटी–पुखुवा सडकखण्ड २८.५ किमी रहेको छ ।कूल रु एक खर्ब ४४ अर्ब लागत निर्माण भइरहेको आयोजनाको काम सन् २०२४ मा उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ । अरुण तेस्रो जलविद्युत्को निर्माणको काम भारतीय सतलज जलविद्युत् निगम (एसजेभिएन)ले गरिरहेको छ । मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा अरुण तेस्रो बाँधस्थल र चिचिला गाउँपालिका–२ दिदिङ पुखुवामा पावरहाउस निर्माण भइरहेको छ । यी दुई कम्पनीमार्फत अन्य २० भन्दा बढी साना निर्माण कम्पनीले काम गरिरहेको आयोजनाले जनाएको छ । अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतीय र नेपालीसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।

अरुण तेस्रो मुआब्जा विवाद : पावरहाउसको काम ७ दिनदेखि ठप्प

चैत १५, किमाथाङ्का(संखुवासभा) । संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्ड सात दिनदेखि अवरुद्ध भएको छ । प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्डका पीडितहरूले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।            अरुण तेस्रोको प्रवेशमार्ग छयाङकुटी–पुखुवा सडकखण्डको मुआब्जा नपाएपछि सात दिनदेखि अरुण तेस्रो आयोजना र प्रवेशमार्ग अवरुद्ध पारेको संघर्ष समितिका अध्यक्ष हर्कसिंह राईले बताए । प्रवेशमार्ग छयाङकुटी–पुखुवा सडकखण्डको मुआब्जा तीन वर्ष बित्दासमेत नपाएपछि बाध्य भएर प्रवेशमार्ग र आयोजनाको पावरहाउसको काम अवरुद्ध बनाएको अध्यक्ष राईले बताए। पहिले १५ मिटरको मुआब्जा दिएर आयोजनाले अहिले ३० मिटर जग्गा अधिग्रहण गरेको अध्यक्ष राईको भनाइ छ ।            अरुण तेस्रो परियोजनाको करीब ५० प्रतिशतमाथि काम भइसक्दा पनि मुआब्जा नपाएपछि स्थानीयवासीले चैत ८ गतेबाट प्रवेशमार्ग र पावरहाउसको काम सडक अवरुद्ध पारेर आन्दोलनमा उत्रिएका हुन् । प्रवेशमार्गका स्थानीयवासीले गत मंगलवारदेखि भौतिक निर्माणका काम बन्द गरिदिएका छन् । छ्याङकुटीबाट पावरहाउसस्थल दिदिङसम्मको मुआब्जा विवाद केही वर्षदेखि कायम छ । यो खण्डमा सरकारी मूल्यअनुसार मुआब्जाको रकम नदिएपछि स्थानीयवासीले सडक र काम ठप्प बनाएका हुन् । यस क्षेत्रका २०० परिवारले मुआब्जा नपाएको पीडितले गुनासो गरे ।            आयोजनाको पावरहाउस पुखुवामा भारतको पटेल इञ्जिनियरिङ कन्सल्टेन्सी कम्पनीले काम गरिरहेको छ । छयाङकुटी–पुखुवा मुआब्जा सङ्घर्ष समिति र अरुण तेस्रो सरोकार समितिले यसअघि नै पटक–पटक मुआब्जाका विषयमा सरोकारवाला निकायलाई ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको उनीहरूले बताए । छयाङकुटी–पुखुवा सडकखण्ड २८ दशमलव ५ किमी रहेको छ ।            कुल १ खर्ब ४४ अर्बको अनुमानित लागतमा निर्माण भइरहेको आयोजनाबाट सन् २०२४ मा उत्पादन शुरु गर्ने लक्ष्य रहेको छ । अरुण तेस्रो जलविद्युतका निर्माणको काम भारतीय सतलज जलविद्युत् निगम (एसजेभिएन) ले गरिरहेको छ । मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा अरुण तेस्रो बाँधस्थल र चिचिला गाउँपालिका–२ दिदिङ पुखुवामा पावरहाउस निर्माण भइरहेको छ । यी दुई कम्पनीमार्फत अन्य २० भन्दा बढी साना निर्माण कम्पनीले काम गरिरहेको आयोजनाले बताएको छ । अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतीय र नेपालीसहित ३ हजारभन्दा बढी मजदूर कार्यरत छन् । रासस

“इजलास खुला गराैं, प्रधानन्याधीश विवाद टुंगाे लगाउँ”

काठमाडौं, कात्तिक १८ । डेमाक्रेटिक लयर्स एसाेसिएसनका अध्यक्ष याेगेन्द्रबहादुर अधिकारीले लामाे समय सर्वाेच्च अदालतका कामकारबाही ठप्प हुँदा नागरिकका संविधानप्रदत्त अधिकार कुण्ठित भएकाले इजलास खुला गर्नुपर्ने बताएका छन् । आज नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिकारीले भने, “न्यायालयलाई सक्षम, पारदर्शी र स्वतन्त्र बनाउनुपर्छ, यसमा रहेका विकृति, विसंगति, भ्रष्टाचार अन्त्य […]

चन्दननाथमा विवाद : नगरप्रमुख भन्छन् बजेट पारित भयो, उपप्रमुख भन्छन् भएको छैन

जुम्ला : चन्दननाथ नगरपालिका विवादित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ। नगरप्रमुख कान्तिका सेजुवाल र उपप्रमुख अप्सरा देवी न्यौपाने (महतको) आपसी विवादका कारण  सेवाग्राहीले सास्ती खेप्नु परेको हो।प्रमुख र उपप्रमुखको विवादले सेवा प्रभावित मात्रै होइन नगरपालिकाको बजेटसमेत पारित हुन सकेको छैन। नगरप्रमुख भन्छन् बजेट पारित भयो, उप्रमुख भन्छन् भएको छैन।चालु आर्थिक वर्षको सुरुवाती देखिनै सबै काम ठप्प छन्। नागरिकता सिफारिसदेखि घरजग्गा राजश्व संकलनका सेवा ठप्प हुदा सेवाग्राही मारमा परेका छन्। राजश्व पर