सर्लाही – सर्लाहीको बरहथवा नगरपालिकाको शिक्षा शाखा प्रमुख भुपनारायण राय यादवमाथि कुटपिट भएको विरोधमा कर्मचारीले कार्यालयको काम ठप्प पारेर धर्नामा बसेका छन् । यादवलाई वडा नम्बर १७ का वडाध्यक्ष रामविश्वास रायले मङ्गलवार बेलुका कार्यकक्षमै कुटपिट गर्नुभएको थियो ।
शिक्षकको तलब दिने विषयमा विवाद हुँदा कुटपिट भएको बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलले जानकारी दिनुभयो । धर्नाका क्रममा पनि कर्मचारी र वडाध्यक्ष पक्ष समूहबीच झडप हुँदा वडाध्यक्षसहित दुवै पक्षका पाँच जनालाई प्रहरीले पक्राउ ग...