ओभरलोडलाई छुट दिँदा नेपाली ट्रक व्यवसायी मर्कामा परेका छन् । रुपन्देही जिल्लाका तत्कालिन प्रजिअ आस्मान तामाङको संयोजकत्वमा यातायात व्यवसायीसँग गत भदौ १८ गतेको निर्णय कार्यान्वयन हुनुपर्ने ट्रक यातायात व्यवसायीले माग गरे । नेपाली ट्रकहरु थन्केको थन्कै भएकाे र भारतीय ट्रक निर्वाध नेपालभर चलेकाे दुखेसो उनीहरुकाे छ । सरकारले ७ वर्ष पछि असार २९ गते समायोजन सहित लागु गरेको भाडा दर कार्यान्वयन हुनुपर्ने, ओभरलोड गाडीलाई भार मिलान गरी चलाउनु पर्ने, ढुवानी प्रणालीलाई व्यवस्थित गर्नुपर्ने, भारतिय गाड