महिला सांसदहरूकाे माग: आउँदो चुनावमा प्रत्यक्षतर्फ महिलालाई ३३ प्रतिशत सिट चाहियो

काठमाडौँ – महिला सांसदहरूले संघीय चुनावमा महिलाका लागि प्रत्यक्षतर्फ कम्तीमा ३३ प्रतिशत निर्वाचन क्षेत्र छुट्याउन माग गरेका छन्। आइतबार संसदको विशेष समयमा महिला सांसदहरूले महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्यक्षमै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था मिलाउन माग गरेका हुन्। नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल र नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले महिलाको राजनीतिक अधिकार सुनिश्चिताका लागि प्रत्यक्षमै […]

सम्बन्धित सामग्री

‘प्रत्यक्षतर्फ तेत्तीस प्रतिशत महिलालाई जिताउनुपर्छ’

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले संविधानमा व्यवस्था गरिएको ३३ प्रतिशत महिला कोटामा प्रत्यक्षतर्फ नै महिलालाई जिताउनुपर्ने जरुरी भएको बताउनुभएको छ । कृषि, वन, आधारभूत स्वास्थ्य तथा सहकारी (एबीसी) नेपाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ‘हिंसापछिको जीवन अनुभव आदानप्रसाद कार्यक्रम’मा उपसभामुख रानाले महिलालाई संविधानले व्यवस्था गरेको कोटामा महिलाले नै प्रतिस्पर्धा गर्ने खालको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । …

प्रतिनिधिसभामा आठजना महिला प्रत्यक्षतर्फ निर्वाचित

काठमाडौं । संविधानले समावेशी र समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गर्दै महिलाको सहभागिता ३३ प्रतिशत किटान गरे पनि निर्वाचनमा दलहरुले सो प्रावधानन पालना गरेनन् । प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ देशभर दुई हजार चार सय २२ उम्मेदवार बन्दा महिलाको संख्या दुई सय २५ जना मात्र रहेका थिए भने जम्मा आठ जना महिला, प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन सफल भएका छन् …

दलहरुले भनेको कुरा पुर्याएनन् भने मतदाताले उनीहरुलाई हेर्ने दृष्टिकोण फेर्नुपर्छ

हाम्रो संविधान र कानुनले प्रतिनिधि सभा र प्रदेश सभा तथा केन्द्रको संसदमा कम्तीमा ३३ प्रतिशत महिला हुनुपर्दछ भन्ने कुरा स्पष्ट गरेको छ । ३३ प्रतिशत कसरी पुर्याउने भन्ने सन्दर्भमा प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ जुनजुन पदमा जुन जुन ठाउँमा जसले पनि उम्मेदवारी दिन सकिन्छ, त्यहाँ कुनै आरक्षणको व्यवस्था गरिएको छैन । तर, यदि प्रत्यक्षतर्फको उम्मेदवारी र विजेता सांसदहरुको सङ्ख्याले त्यो दलको ३३ प्रतिशत पुग्दैन भने समानुपातिकतर्फ सबै महिला लगेर उम्मेदवारी अनुसार उहाँहरुलाई निर्वाचित गरेर ३३ प्रतिशत पुर्याउनु पर्छ भन्ने व्यवस्था गरे...

दलहरुलाई आयोगको पत्र : प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार बनाउनू

२ असोज, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई प्रत्यक्षतर्फ पनि एक तिहाइ महिला उम्मेदवार बनाउन निर्देशन दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभामा एक तिहाइ महिला प्रतिनिधित्व हुनुपर्ने कानुनी बाध्यता छ । प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ पनि एक महिला उम्मेदवार बनाउन बाध्यकारी छैन । तर आयोगले आयोगले दलहरुलाई पत्र पठाई प्रत्यक्षतर्फ पनि एक तिहाइ महिला […]

के काँग्रेसमा प्रत्यक्षतर्फ सांसदको चुनाव जित्नसक्ने महिला छैनन्

काठमाडौं, १ भाद्र । नेपाली काँग्रेसले १० महिलालाई केन्द्रीय सदस्य मनोनित गर्दा वाध्यकारी जसरी गर्यो । चुनावमा दल दर्ता गर्न ३३ प्रतिशत महिला केन्द्रीय कार्यसमितिमा अनिवार्य हुनुपर्ने व्यवस्थाका कारण १० महिलाले अवसर पाए । त्यो पनि दल दर्ताको अन्तिम समयमा । नेपालको इतिहासमा प्रथम महिला मन्त्री बनाउने नेपाली काँग्रेस नै थियो । वीपी कोइराला नेतृत्वको […]

कांग्रेस सांसदको माग : निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउनैपर्छ

काठमाडाैं : नेपाली कांग्रेसका सांसद पुष्पा भुसालले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा प्रत्यक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारसँग माग गरेकी छिन्।आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भुसालले प्रत्यक्ष निर्वाचनतर्फ समानुपातिक समावेशी प्रतिनिधित्वको लागि ५० प्रतिशत स्थानलाई सुनिश्चिता गर्नको लागि अबको निर्वाचनमा कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन्।  उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन दलले ३३ प्रतिशत महिला उम्मेदवार बनाउन

प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार उठाउने व्यवस्था गर्न पुष्पा भुसालको माग

नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले आउँदो संसदीय र प्रदेशसभा सदस्य चुनावमा ३३ प्रतिशत महिला उम्मेदवार उठाउने व्यवस्था गर्न माग गरेकी छिन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले आगामी चुनावमा समावेशी ढंगले महिला उम्मेदवार नउठाउने हो कि भन्ने प्रश्न उठेको बताइन् । उनले भनिन्– ‘हामी समावेशी लोकतन्त्रको कुरा गर्छौ, निर्वाचनमा ३३ प्रतिशत महिला उठाउने भनेर प्रतिबद्धता गरेर जाँदा समानुपातिक निर्वाचन प्रणालीमा पुरुषले कम अवसर पाएको छ, त्यसो हुनुपनि भएन । सभ