काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा प्रत्येक राजनीतिक दलहरुले प्रत्यक्षतर्फ अनिवार्य ३३ प्रतिशत महिला उम्मेदवार बनाउनैपर्ने बाध्यकारी कानुनी व्यवस्था गर्न लागिएको बताउनुभएको छ। मंगलवार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले निर्वाचनसम्बन्धी नयाँ विधेयक तयार बनाइरहेको जानकारी दिँदै यस्तो व्यवस्था गर्न लागिएको बताए। उनले आयोगले तयार पारिरहेको […]