काठमाडौं । संविधानले समावेशी र समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गर्दै महिलाको सहभागिता ३३ प्रतिशत किटान गरे पनि निर्वाचनमा दलहरुले सो प्रावधानन पालना गरेनन् । प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ देशभर दुई हजार चार सय २२ उम्मेदवार बन्दा महिलाको संख्या दुई सय २५ जना मात्र रहेका थिए भने जम्मा आठ जना महिला, प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन सफल भएका छन् …