आन्तरिक आयमा वृद्धि नहुँदा नियमित खर्चसमेत पुर्याउन नसक्ने स्थिति आएपछि विराटनगर महानगरपालिकाले कर संकलन अभियानलाई तीव्रता दिएको छ । त्यसका लागि घरदैलो कर संकलन अभियान सञ्चालन गर्दै महानगरमा दर्ता नभएका व्यावसायिक फर्मलाई ऋण नदिन वाणिज्य बैंक तथा वित्तीय संस्थालाई उसले आग्रह गरेको छ ।