कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा बन्दीलाई सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ । सर्वोच्च अदालतको बुधबारको पूर्ण बैठकले मन्त्री बन्दीसहित १३३ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।