काठमाडौँको कीर्तिपुरमा बर्डफ्लु फेला परेको छ । कीर्तिपुर नगरपालिकाको वार्ड नम्बर ४ र ९ तथा चन्द्रागिरी नगरपालिकाको वार्ड नम्बर २ का कृषकले पालेका टर्कीका नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा वर्डफ्लु प्रमाणित भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।वर्डफ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिइ तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पू