कीर्तिपुर नगरपालिकाले पनि अवैध संरचनामा चलायो डोजर

काठमाडौ:  कीर्तिपुर नगरपालिकाले पनि अवैध अर्थात नक्सा पास विना बनाएका संरचना हटाउन सुरु गरेको छ।केही दिन अगाडिदेखि काठमाडौ महानगरपालिकाले सुरु गरेकाे सो अभियान कीर्तिपुर नगरपालिकाले पनि सञ्चालनमा ल्याएको हो। नगरपालिका भित्र नक्सापास विना बनाएको संरचना हटाउन डोजर चलाउनु परेको कीर्तिपुर नगरपालिकाले जनाएको छ। कीर्तिपुर नगरपालिका वडा नम्बर १० को नयाँ बजारमा नक्सापास विना बनाएको संरचना हटाउन  डोजर चलाएको कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले जानकारी दिए। नक्सा पास बि

सम्बन्धित सामग्री

मेलम्ची बजारका अनाधिकृत संरचना हटाउन सुरु

सिन्धुपाल्चोक, १३ फागुन । मेलम्ची नगरपालिकाले वडा नं ११ बजार क्षेत्रमा सडक पेटी मिचेर बनाइएका संरचना तथा सामग्री हटाउन सुरु गरेको छ । नगरपालिकाले डोजर तथा जनशक्तिको सहायताले सडकपेटी मिचेर बनाइएका अवैध संरचना हटाउन सुरु गरेको हो । पैँतिस दिने सूचना जारी गरेर हटाउन भनिएपनि अटेर गरेर नहटाएपछि डोजर लगाएर हटाइएको नगरपालिकाका इञ्जिनियर जीतबहादुर कार्कीले […]

विष्णुमति करिडोरका अवैध संरचना हटाउन सुरु

काठमाडौ‌ं । टोखास्थित विष्णुमति नदी आसपासमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको छ । टोखा नगरपालिकाले विष्णुमति नदी करिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि त्यस आसपासमा निर्माण गरिएका अस्थायी संरचना आज बिहान डोजर लगाएर हटाएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिक जग्गा मिचेर नदीको किनारामा निर्माण गरिएका संरचना डोजर लगाएर […]

विष्णुमती कोरिडोरका अवैध संरचना हटाउन सुरु

टोखास्थित विष्णुमती नदी आसपासमा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको छ । टोखा नगरपालिकाले विष्णुमती नदी कोरिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि त्यस आसपासमा निर्माण गरिएका अस्थायी संरचना आज बिहान डोजर लगाएर हटाएको हो ।

राजविराज नगरपालिकाले चलायो अवैध संरचनामा डोजर

सप्तरीको राजविराज नगरपालिकाले हुलाकी राजमार्ग क्षेत्रका अवैध संरचना हटाउन सुरु गरेको छ। नगरपालिकाको वडा नम्बर ६ र ७ मा पर्ने हुलाकी राजमार्गको क्षेत्र अतिक्रमण गरी बनाइएका संरचनाहरू आइतबार बिहानदेखि डोजर लगाएर...

सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाइए

काठमाडौँ, ११ साउन । काठमाडौँको टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाएको छ । नगरभित्रको सार्वजनिक जग्गा अवैधरुपमा कब्जा गरेर बनाएका संरचना डोजर लगाएर हटाउन थालिएको हो । नगरप्रमुख प्रकाश अधिकारीका अनुसार टोखा–८ दुप्चेश्वर टोलको विभिन्न ठाउँमा बनाइएका संरचना हटाइएको छ । लामो समयदेखि नगरपालिकाभित्रको सार्वजनिक जग्गा व्यक्तिले भोगचलन गर्दै आएपछि बाध्य […]

दुहबी नगरपालिकाले चलायो अवैध संरचनामा डोजर (तस्बिरसहित)

मोरङ – सुनसरीको दुहबी नगरपालिकाको बजार क्षेत्रमा निर्माण भएका अवैध घर टहरा भत्काउन सुरु गरेको छ। मंगलबार दिउँसोबाट नगरपालिकाको वडा नम्बर ७ मा पर्ने बजार क्षेत्रका अवैध संरचना भत्काउन सुरु गरिएको हो। नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको कोशी राजमार्ग आसपासको करिब १३ कट्ठा साढे १९ धुर क्षेत्रफलमा निर्माण भएको अवैध संरचना भत्काएको हो। नगर विकासका लागि […]

भैरहवामा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना भत्काइँदै

रुपन्देहीको भैरहवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना डोजर लगाएर भत्काउन सुरु गरिएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउनका लागि सिद्धार्थ नगरपालिकाले घरधनीको नाममा दुई पटक ३५ दिने सूचना जारी गरेको थियो । तर अतिक्रमणकारीले अटेर गरेपछि नियमानुसार अवैध संरचना भत्काइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी बताए ।सर्वसाधारणको हितमा सार्वजनिक जग्गा उपयोग गर्ने नीति अन्तर्गत अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू भत्काउन सुरु

सिद्धार्थनगरमा पनि चल्यो डोजर, अवैध संरचना हटाउन सुरु

बुटवल : रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण गरिएका संरचनामा डोजर चलाउन सुरु गरेको छ। सार्वजनिक जग्गा अतिक्रमण नगर्नका लागि पालिकाले पटकपटक सार्वजनिक रुपमा सूचना जारी गरे पनि सर्वसाधरणले नमानेको भन्दै पालिकाले प्राप्त निवेदनका आधारमा डोजर चलाउन सुरु गरेको हो। आइतबार पालिकाले वडा नम्बर १ नौडिहवा गाउँमा रहेको दुई वटाको घरमा…

कीर्तिपुर नगरपालिकाले पनि अवैध संरचनामा डाेजर चलायाे !

काठमाण्डाै – काठमाण्डाैकाे कीर्तिपुर नगरपालिकाले पनि अवैध रूपमा बनाएका संरचना डाेजर चलाएर भत्काएको छ ।  आज बिहीवार नगरपालिकाको वडा नम्बर १० नयाँ बजारमा रहेको नगरपालिकाको नयाँ कार्यालय भवन नजिकैको एक घरको कम्पाउन्डमा बनाएको अवैध संरचना भत्काइएको मेयर राजकुमार नकर्मीले जानकारी दिनुभयो । नगरपालिकाले जयबहादुर महर्जनको घर जग्गामा बनाएको संरचना भत्काएको हो । नक्सा पास नभएको ठाउँमा संरचना बनाएको, अग्लो पर्खाल बनाएको र त्यहाँ टहरा बनाएको भन्दै नगरपालिकाले डोजर चलाएकाे हाे । तीन दिने सूचना निक...

सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाइए

काठमाडौँको टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाएको छ । नगरभित्रको सार्वजनिक जग्गा अवैधरुपमा कब्जा गरेर बनाएका संरचना डोजर लगाएर हटाउन थालिएको हो ।