राजेन्द्रले मुख्यमन्त्रीको शपथ खाए पनि आफूले खाने त भातै मात्र हो । चोलेन्द्रले राजीनामा नदिए पनि आफूले दिने केही छैन, राजीनामा झन् कतै क्यै गरिराखेको भा पो दिनु ! आफू परियो आम मान्छे, खानै पर्यो, हिँड्नै पर्यो, बस चढ्नै पर्यो, बजार गर्नै पर्यो । अस्तिताकासम्म बसभित्र बस्ने त के उभिने ठाउँसम्म पाउन मुश्किल पर्थ्याे । अहिले त बसमा दुई, चारवटा बस्ने सिट पनि खाली देखिन्छ । अचम्म मान्दै भित्र पसेर हेर्दा ढोकामा ठूलो अक्षरमा नयाँ भाडादर टाँसिएको रहेछ । पहिलेभन्दा सरदर ३० प्रतिशत बढेको । पहिले १५ रुपैयाँ हुने ठाउँमा १८ रुपैयाँ, २० र...