एजेन्सी। दक्षिण कोरियामा पाकिस्तानका दुई कूटनीतिज्ञ चकलेट र टोपी चोर्दै गरेको अवस्थामा पक्राउ परेका छन्। मिडिया रिपोर्टअनुसार ती कूटनीतिज्ञहरु सियोलको योङसनस्थित स्टोरबाट चोरी गर्दै गर्दा पक्राउ परेका हुन्। ती वस्तुको मूल्य ११.७० डलर पर्ने स्टोरले बताएको छ। एक अधिकारीले फेब्रुअरी २३ मा टोपी र अर्काले जनवरी १० का दिन चकलेट चोरेका थिए। चोरी गर्ने कूटनीतिज्ञहरुको नाम सार्वजनिक गरिएको छैन।