बागमती प्रदेश सरकारले आगामी भदौ ७ गते सार्वजनिक बिदा दिने भएको छ ।प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहिबार एक विज्ञप्ति जारी गर्दै भदौ ७ गते गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख गरेको छ । प्रदेशभित्र महत्त्वका साथ मनाइने पर्व भएकाले गाईजात्राका दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।राजा प्रताप मल्लले पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई वियोगबाट पार लगाउन गाई जात्रा पर्व सुरु गरेको मानिन्छ ।गाईजात्रा पर्वले मानिसहरुलाई कृषि र प्रकृतिसँग पन