निफ्रा बैंकको २० करोड कित्ता शेयर नेप्सेमा सूचीकरण

काठमाण्डौ – नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण भएको छ । बैंक र नेप्सेबीच प्रति कित्ता एक सय रुपैयाँ मुल्य कायम भएको २० करोड कित्ता शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आठ करोड कित्ता शेयर सर्वसाधारण, कर्मचारीहरु र सामूहिक लगानी कोषका लागि बिक्री खुला आह्वान गरेको र बैंकका संस्थापकहरुले लगानी गरेको १२ करोड कित्ता शेयरसमेत गरी जम्मा २० करोड कित्ता शेयर वितरण भएर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण भएको छ । शेयर सूचीकरण सम्झौतापत्रमा नेपा...

सम्बन्धित सामग्री

धितोपत्र दोस्रो बजारमा ऋणपत्रको कारोबार नगन्य

काठमाडौं । धितोपत्र दोस्रो बजारमा ऋणपत्रको कारोबार नगन्य देखिएको छ । धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटलाई आधार मान्दा हाल विभिन्न कम्पनीको ६५ ओटा ऋणपत्र सूचीकृत छन् । वाणिज्य बैंकहरूलाई आफ्नो चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था लागू भएसँगै ऋणपत्र निष्कासनले तीव्रता पाइरहेको छ । वाणिज्य बैंकहरूले मात्र हैन, लगानी समूहअन्तर्गतका कम्पनीसँगै केही फाइनान्स कम्पनीले समेत ऋणपत्र निष्कासन गरी धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएका छन् ।  निश्चित अवधि र निश्चित ब्याजदर तोकेर निष्कासनमा आउने ऋणपत्र खरीदविक्रीका लागि दोस्रो बजारमा पनि सूचीकृत हुने गरेको छ । सूचीकृत ऋणपत्रको संख्या धेरै भए पनि कारोबार भने नगन्य रूपमा हुने गरेको तथ्यांकले देखाउँछ ।  चैत १ गतेको कारोबारमा २५३ कम्पनीको रू. १ अर्ब २० करोड २१ लाख ४१ हजार बराबरको ३७ लाख १६ हजार ६८४ कित्ता धितोपत्र कारोबार भएको छ । कुल कारोबारमा ऋणपत्रको हिस्सा सबैभन्दा कम रहेको हो । नेप्सेका अनुसार चैत १ गते आठ कम्पनीको रू. ५ लाख २३ हजार ८२४ बराबरको ६०२ कित्ता ऋणपत्र मात्र कारोबार भएको छ । जुन कुल कारोबारमा प्रतिशतको हिसावमा शून्य दशमलव शून्य ४ प्रतिशत हुन आउँछ ।  बुधवार ८ दशमलव ५ प्रतिशत रहेको बिओके डिबेञ्चर २०८६, १० दशमलव ५० प्रतिशत ब्याजदर रहेको सेञ्चुरी डिबेञ्चर २०८८, ८ दशमलव ५ प्रतिशत ब्याजदर रहेको एभरेष्ट बैंक डिबेञ्चर २०८६, ८ दशमलव ५ प्रतिशत नै ब्याजदर रहेको ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०८६÷८७, १२ प्रतिशत ब्याजदर रहेको गुडविल फाइनान्स लिमिटेड डिबेञ्चर २०८३, ८ दशमलव ५ प्रतिशत ब्याजदर रहेको नेपाल बैंक डिबेञ्चर २०८७, ७ प्रतिशत ब्याजदर रहेको निफ्रा उर्जा ऋणपत्र २०८५÷८६ र १० प्रतिशत ब्याजदर रहेको प्राइम डिबेञ्चर २०८८ को कारोबार भएको छ ।  कारोबारमा आएका डिबेञ्चरमध्ये गुडविल फाइनान्सको ऋणपत्र प्रतिकित्ता रू. १ हजार ७ सम्मको मूल्यमा कारोबार भएको देखिन्छ । यस दिन निफ्रा उर्जा ऋणपत्र पनि प्रतिकित्ता रू. १ हजार मूल्यमा कारोबार भएको छ । प्राथमिक बजारमा प्रतिकित्ता रू. १ हजारमा खरीद गरेको ऋणपत्र दोस्रो बजारमा खरीद मूल्यभन्दा कममा कारोबार गरेको देखिन्छ । बुधवारको कारोबारमा निफ्रा र गुडविल फाइनान्सको ऋणपत्रबाहेक अन्यको ऋणपत्र प्राथमिक बजारमा खरीद गरेको मूल्यभन्दा कम मूल्यमा लगानीकर्ताले विक्री गरेका छन् ।  नियामक निकाय नेपाल धितोपत्र बोर्डले धेरै वर्षदेखि आफ्नो नीति तथा कार्यक्रममा ऋणपत्रको बजार विस्तारको योजना समेट्दै आए पनि त्यसले पूर्णता भने पाउने नसकेको अवस्था छ । अन्य धितोपत्रको तुलनामा ऋणपत्रको कारोबार सहज रूपमा नहुने भएकाले पनि लगानीकर्ताहरू नगन्य देखिएको बताउँछन् । अनुभवी लगानीकर्ता दुर्गा तिवारीले बजारमा ऋणपत्र सूचीकृत भई लगानीयोग्य औजारको विकास भए पनि त्यसको कारोबारका लागि सहजता नभएको बताइन् । लगानीकर्तामा साधारण शेयरको तुलनामा ऋणपत्रको जानकारी कम भएर पनि कारोबार कम भएको भनाइ तिवारीको छ । ऋणपत्र सार्वजनिक निष्कासनमा आउँदा साधारण शेयर सम्झेर आवेदन दिएको गुनासो लगानीकर्ताबाट आउने गरेको समेत तिवारीले जानकारी दिइन् । आम लगानीकर्ताको हकहितका लागि नेपाल इन्भेष्टर्स फोममा महासचिवको जिम्मेवारी पूरा गरिरहेकी तिवारीले बजारमा थपिएका धितोपत्रको बारेमा आम लगानीकर्ता जानकार हुन आवश्यक रहेको बताइन् । ऋणपत्रको कारोबारका सम्बन्धमा सहज तरीकाले कारोबार गर्ने वातावरण बन्नुपर्नेमा तिवारीले जोड दिएकी छन् ।

निफ्राको शेयरमा लगानीकर्ताको आकर्षण, सर्वाधिक शेयर खरीद माग

माघ २४, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको सवा २ घण्टाको अवधिमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) को शेयरमा लगानीकर्ताको आकर्षण रहेको पाइएको छ । उक्त अवधिसम्ममा कारोबारमा आएका  २२० ओटा धितोपत्रमध्ये उक्त कम्पनीको सर्वाधिक शेयर खरीद माग रहेको छ । सो अवधिमा कम्पनीको ९ लाख ७८ हजार ३५८ कित्ता शेयर खरीद माग रहेको छ ।   यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३९९ दशमलव ५० मा कारोबार भइरहेको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव १३ प्रतिशतले वृद्धि भएको हो । शेयरमूल्यमा वृद्धि भएसँगै कम्पनीको सर्वाधिक रू. २० करोड २० लाख बराबरको शेयर खरीदविक्री भएको छ ।