धितोपत्र दोस्रो बजारमा ऋणपत्रको कारोबार नगन्य

काठमाडौं । धितोपत्र दोस्रो बजारमा ऋणपत्रको कारोबार नगन्य देखिएको छ । धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटलाई आधार मान्दा हाल विभिन्न कम्पनीको ६५ ओटा ऋणपत्र सूचीकृत छन् । वाणिज्य बैंकहरूलाई आफ्नो चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था लागू भएसँगै ऋणपत्र निष्कासनले तीव्रता पाइरहेको छ । वाणिज्य बैंकहरूले मात्र हैन, लगानी समूहअन्तर्गतका कम्पनीसँगै केही फाइनान्स कम्पनीले समेत ऋणपत्र निष्कासन गरी धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएका छन् ।  निश्चित अवधि र निश्चित ब्याजदर तोकेर निष्कासनमा आउने ऋणपत्र खरीदविक्रीका लागि दोस्रो बजारमा पनि सूचीकृत हुने गरेको छ । सूचीकृत ऋणपत्रको संख्या धेरै भए पनि कारोबार भने नगन्य रूपमा हुने गरेको तथ्यांकले देखाउँछ ।  चैत १ गतेको कारोबारमा २५३ कम्पनीको रू. १ अर्ब २० करोड २१ लाख ४१ हजार बराबरको ३७ लाख १६ हजार ६८४ कित्ता धितोपत्र कारोबार भएको छ । कुल कारोबारमा ऋणपत्रको हिस्सा सबैभन्दा कम रहेको हो । नेप्सेका अनुसार चैत १ गते आठ कम्पनीको रू. ५ लाख २३ हजार ८२४ बराबरको ६०२ कित्ता ऋणपत्र मात्र कारोबार भएको छ । जुन कुल कारोबारमा प्रतिशतको हिसावमा शून्य दशमलव शून्य ४ प्रतिशत हुन आउँछ ।  बुधवार ८ दशमलव ५ प्रतिशत रहेको बिओके डिबेञ्चर २०८६, १० दशमलव ५० प्रतिशत ब्याजदर रहेको सेञ्चुरी डिबेञ्चर २०८८, ८ दशमलव ५ प्रतिशत ब्याजदर रहेको एभरेष्ट बैंक डिबेञ्चर २०८६, ८ दशमलव ५ प्रतिशत नै ब्याजदर रहेको ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०८६÷८७, १२ प्रतिशत ब्याजदर रहेको गुडविल फाइनान्स लिमिटेड डिबेञ्चर २०८३, ८ दशमलव ५ प्रतिशत ब्याजदर रहेको नेपाल बैंक डिबेञ्चर २०८७, ७ प्रतिशत ब्याजदर रहेको निफ्रा उर्जा ऋणपत्र २०८५÷८६ र १० प्रतिशत ब्याजदर रहेको प्राइम डिबेञ्चर २०८८ को कारोबार भएको छ ।  कारोबारमा आएका डिबेञ्चरमध्ये गुडविल फाइनान्सको ऋणपत्र प्रतिकित्ता रू. १ हजार ७ सम्मको मूल्यमा कारोबार भएको देखिन्छ । यस दिन निफ्रा उर्जा ऋणपत्र पनि प्रतिकित्ता रू. १ हजार मूल्यमा कारोबार भएको छ । प्राथमिक बजारमा प्रतिकित्ता रू. १ हजारमा खरीद गरेको ऋणपत्र दोस्रो बजारमा खरीद मूल्यभन्दा कममा कारोबार गरेको देखिन्छ । बुधवारको कारोबारमा निफ्रा र गुडविल फाइनान्सको ऋणपत्रबाहेक अन्यको ऋणपत्र प्राथमिक बजारमा खरीद गरेको मूल्यभन्दा कम मूल्यमा लगानीकर्ताले विक्री गरेका छन् ।  नियामक निकाय नेपाल धितोपत्र बोर्डले धेरै वर्षदेखि आफ्नो नीति तथा कार्यक्रममा ऋणपत्रको बजार विस्तारको योजना समेट्दै आए पनि त्यसले पूर्णता भने पाउने नसकेको अवस्था छ । अन्य धितोपत्रको तुलनामा ऋणपत्रको कारोबार सहज रूपमा नहुने भएकाले पनि लगानीकर्ताहरू नगन्य देखिएको बताउँछन् । अनुभवी लगानीकर्ता दुर्गा तिवारीले बजारमा ऋणपत्र सूचीकृत भई लगानीयोग्य औजारको विकास भए पनि त्यसको कारोबारका लागि सहजता नभएको बताइन् । लगानीकर्तामा साधारण शेयरको तुलनामा ऋणपत्रको जानकारी कम भएर पनि कारोबार कम भएको भनाइ तिवारीको छ । ऋणपत्र सार्वजनिक निष्कासनमा आउँदा साधारण शेयर सम्झेर आवेदन दिएको गुनासो लगानीकर्ताबाट आउने गरेको समेत तिवारीले जानकारी दिइन् । आम लगानीकर्ताको हकहितका लागि नेपाल इन्भेष्टर्स फोममा महासचिवको जिम्मेवारी पूरा गरिरहेकी तिवारीले बजारमा थपिएका धितोपत्रको बारेमा आम लगानीकर्ता जानकार हुन आवश्यक रहेको बताइन् । ऋणपत्रको कारोबारका सम्बन्धमा सहज तरीकाले कारोबार गर्ने वातावरण बन्नुपर्नेमा तिवारीले जोड दिएकी छन् । 

सम्बन्धित सामग्री

केबिएल सेक्यूरिटिजको धितोपत्र कारोबार सुरु

काठमाडौँ– केबिएल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) ले औपचारिक रूपमा धितोपत्र कारोबार शुभारम्भ गरेको छ । सोमबार एक कार्यक्रमकाे आयाेजना गरी कुमारी बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब राणाले कम्पनीकाे कारोबार शुभारम्भको उद्घाटन गरेका  थिए । उक्त कार्यक्रममा के.बि.एल सेक्यूरिटिज लिमिटेड तथा कुमारी बैक लिमिटेडका सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरूको […]

मर्जरमा सेयर कारोबार रोकिन्छ, तर लगानी बन्धक हुन दिइँदैन : धितोपत्र बोर्ड

११ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैंकको मर्जरमा सेयर कारोबार रोक्का गर्नेसम्बन्धी व्यवस्था गर्न कार्यविधि बनाउने तयारी थालेको छ । राष्ट्र बैंकले सेयर कारोबार रोक्ने व्यवस्था धितोपत्र बोर्डको नियअनुसार हुने निर्णय बोर्डले कार्यविधि बनाउन लागेको हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्नसक्ने अधिकार धितोपत्र बोर्डलाई […]

सेयर कारोबार विनियमावली आइतबारदेखि लागू हुने

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) थप गरी स्वीकृत गरेको सेयर कारोबार विनियमावली आइतबारदेखि लागू हुने भएको छ। बोर्डले पठाएको विनियमावली नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितिले स्वीकृत गरी लागू गर्ने निर्णय गरेको हो। नेप्सेको सञ्चालक समितिको गत साताको बैठकले स्वीकृत गरेको उक्त विनियमावली लागू भएपछि ब्रोकर आफैले टीएमएस बनाउन […]

भित्री कारोबार भएमा कारबाही गर्नेछु : धितोपत्र बोर्ड अध्यक्ष

सेयर बजारमा भित्री कारोबार भएको थाहा पाएमा कसैले पनि उन्मुक्ति नपाउने धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बताएका छन् । सोमबार बोर्डमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो कार्यकाल रहुन्जेल भित्री कारोबारको घटना...

धितोपत्रको कारोबार नगद वा उधारो ?

नगदी कारोबार र राफसाफले छिटो रकम र धितोपत्र प्राप्त हुँदा ग्राहकले छिटोछिटो किनबेच गर्दै मूल्यगत जोखिम कम गर्न तथा पुँजीगत लाभको सम्भावना बढ्न सक्छ । सैद्धान्तिक रूपमा अग्रिम भुक्तानीसहित नगद लेनदेन हुने धितोपत्र कारोबार वास्तवमा उधारो कारोबार प्रणालीमा आधारित छ । धितोपत्र सहज किनबेचका लागि नेप्सेको कारोबार प्रणाली र थलो उपलब्ध छ भने राफसाफ र […]

धितोपत्र बोर्डको अध्ययन र निष्कर्ष

धितोपत्र बोर्डले अध्ययन गर्नु एकदम सकारात्मक कुरा हो । यो जम्मा ५१ कम्पनीको मात्र नभएर नेप्सेमा कारोबार हुने सम्पूर्ण कम्पनीको हुनुपर्छ भन्ने हामी साधारण लगानीकर्ताको जोडदार माग छ ।धितोपत्र बोर्डले हालै सार्वजनिक गरेको रिपोर्ट दुइटा मितिबीचको मूल्य तुलनाभन्दा बढी केही पनि होइन । यहाँ ५१ कम्पनीको देखाइएको छ, जसमध्ये धेरै आयोजना निर्माण चरणमा रहेको जलविद्युत् […]

सुरुआती सेयर कारोबारमा पर्‍यो धितोपत्र बोर्डको विज्ञप्ती असर

बुधबार सेयर कारोबार खुल्दा धितोपत्र बोर्डको विज्ञप्तीको ठूलो असर देखिएको छ।

अनलाइन धितोपत्र किनबेच : कारोबारमा सहजता र स्वनियन्त्रण

अनेक समस्या र सुधारको आवश्यकताका बाबजुद उपलब्ध अनलाइन प्रणाली अपनाउनु हितकर छ, जसले स्वनियन्त्रणमा सहजै कारोबार र राफसाफ गर्दै अभिलेखको सुविधा निःशुल्क दिन्छ । निषेधाज्ञा र महामारीसँगै भौतिक उपस्थिति, आउजाउमा असहजताले मात्र होइन, धितोपत्र किनबेचमा सहजता र स्वनियन्त्रणका कारण अनलाइनबाट धितोपत्र कारोबार निकै बढेको छ । करिब ३५ लाख डिम्याट खाता खोलिँदा ७ लाखले कारोबार […]