निफ्राको शेयरमा लगानीकर्ताको आकर्षण, सर्वाधिक शेयर खरीद माग

माघ २४, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको सवा २ घण्टाको अवधिमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) को शेयरमा लगानीकर्ताको आकर्षण रहेको पाइएको छ । उक्त अवधिसम्ममा कारोबारमा आएका  २२० ओटा धितोपत्रमध्ये उक्त कम्पनीको सर्वाधिक शेयर खरीद माग रहेको छ । सो अवधिमा कम्पनीको ९ लाख ७८ हजार ३५८ कित्ता शेयर खरीद माग रहेको छ ।   यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३९९ दशमलव ५० मा कारोबार भइरहेको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव १३ प्रतिशतले वृद्धि भएको हो । शेयरमूल्यमा वृद्धि भएसँगै कम्पनीको सर्वाधिक रू. २० करोड २० लाख बराबरको शेयर खरीदविक्री भएको छ ।   

सम्बन्धित सामग्री

प्रि - ओपन सेसनमा ०.२६ अंकले घट्यो नेप्से, ६ ओटा कम्पनीको शेयर खरीदविक्री

चैत २३, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक शून्य दशलमव २६ अंकले घटेको छ । प्रि - ओपन सेसनमा नेप्से २ हजार ४५१ विन्दुमा झरेको हो । उक्त अवधिमा कारोबारमा आएका छ ओटा कम्पनीको रू. १ लाख ४१ हजार बराबरको शेयर खरीखविक्री भएको छ । प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री निफ्राको भइको छ । उक्त कम्पनीको रू. ५६ हजार बराबरको शेयर खरीदविक्री भएको छ । अघिल्लो कारोबार दिन २२८ ओटा धितोपत्रको ५८ लाख ४१ हजार ९९८ कित्ता शेयर ४५ हजार ८९४ पटकमा रू. २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३८८ मा खरीदविक्री भएको थियो ।

निफ्राको सर्वाधिक रू. १२ करोड ८३ लाख बराबरको शेयर खरीदविक्री

पुस २९, काठमाडौं । साताको अन्तिम दिन बिहीवार बजार खुलेको करीब डेढ घण्टाको अवधिमा कारोबारमा आएका २१२ ओटा धितोपत्रमध्ये नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सर्वाधिक शेयर खरीदविक्री भएको छ ।  सो अवधिमा कम्पनीको रू. १२ करोड ८३ लाख १७ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३८८ मा करोाबार भइरहेको छ ।  कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव शून्य ५ प्रतिशत वृद्धि भएको हो । यो समचार तयार पार्दासम्म नेप्से परिसूचक ८ दशमलव ५१ अंक बढेर २ हजार ८१२ दशमलव १३ विन्दुमा पुगेको छ ।

नाफा बुक भएसँगै नेप्सेमा सामान्य करेक्सन, ८ अर्ब ३ करोड बराबरको शेयर खरीदविक्री

पुस २८, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३० दशमलव ५१ अंकले घटेको छ ।  यो दिन नेप्से परिसूचक २ हजार ८०३ दशमलव ६२ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २२९ ओटा धितोपत्रको १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता शेयर ९० हजार ५९० पटकमा रू.८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७४२ मा खरीदविक्री भएको छ । नेप्से परिसूचक घटेपनि यस दिन कारोबार रकम भने अघिल्लो कारोबार दिनभन्दा बढेको छ।   यो दिन कारोबारमा आएका २२९ ओटा धितोपत्रमध्ये चार ओटा धितोपत्रको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) को शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र नारायणी डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य रू. ६०५ दशमलव २०, निफ्राको रू.३७२ दशमलव ९०,नारायणी डेभलपमेन्ट बैंकको रू.६२७ दशमलव ९० र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य रू. ३४४ दशमलव ८० पुगेको हो ।  त्यसैगरी यो दिन हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य सबैभन्दा बढी ६ दशमलव २१ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.४६७ मा झरेको हो । त्यसैगरी दोस्रोमा युनियन हाइड्रोपावरको ५ दशमलव ५३ प्रतिशत घटेर रू. ३७६ मा झरेको छ ।  बुधवार सर्वाधिक शेयर खरीदविक्री नेपाल बङ्गलादेश बैंकको भएको छ । कम्पनीको रू. २८ करोड ६९ लाख ९९ हजार बराबरको शेयर खरीदविक्री भएको हो । त्यसैगरी दोस्रोमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको रू. २७ करोड ६१ लाख ९९ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहमध्ये व्यापार समूहको शून्य दशमलव ६५ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशलमव शून्य ९ प्रतिशत र लगानी समूहको परिसूचक ३ दशमलव १३ प्रतिशतका दरले वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।  त्यसैगरी बैंकिङ समूहको परिसूचक १ दशमव २१ प्रतिशत,होटल एण्ड टुरिजम समूहको २ दशमलव ३९ प्रतिशत,विकास बैंक समूहको २ दशमलव ३८ प्रतिशत,हाइड्रोपावर समूहको शून्य दशमलव २१ प्रतिशत,वित्त समूहको २ दशमलव २४ प्रतिशत,निर्जीवन बीमा समूहको २ दशमलव शून्य ४ प्रतिशतले घटेको छ ।  यस्तै अन्य समूहको ३ दशमलव ४४ प्रतिशत,लघुवित्त समूहको १ दशमलव १२ प्रतिशत,जीवन बीमा समूहको १ दशमलव १९ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव २९ प्रतिशतका दरले घटेको छ । केहि दिनदेखि बढेको बजारमा यो दिन लगानीकर्ता नाफा बुक गर्नेतर्फ लागेका कारण सामान्य करेक्सन भएको छ ।  पछिल्ला कारोबार दिनमा बजार बढेसँगै अधिकांश कम्पनीहरुको शेयरमूल्य बढेको छ। शेयरमूल्य बढेको मौकामा अल्पकालीन लगानीकर्ताहरुले नाफा बुक गरेका कारण बजार करेक्सन भएको हो।

निफ्राको शेयरमा खरीद चाप सर्वाधिक, ४ ओटा कम्पनीको शेयरमूल्य सर्किट लेभलमा वृद्धि

पुस २८, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) को शेयर खरिद चाप बुधवार उच्च रहेको छ ।  कारोबारको सवा एक घण्टाको अवधिसम्ममा कम्पनीको २१६ ओटा अर्डरबाट ४ लाख ६६ हजार ४४३ कित्ता शेयर खरीद आदेश रहेको छ । उक्त अवधिसम्म निफ्राको शेयर विक्रीकर्ता भने देखिएका छैनन । उच्च खरीद चापका कारण कम्पनीको शेयरमूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता रू. ३३ दशमलव ९० ले बढेर अन्तिम मूल्य रू. ३७२ दशमलव ९० कायम भएको छ ।   निफ्रासँगै ४ ओटा कम्पनीको शेयरमूल्य सर्किट लेभलमा वृद्धि    बुधवार निफ्रासँगै चार ओटा कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ । कारोबारको सवा एक घण्टाको अवधिमा निफ्रासँगै कर्पोरेट डेभलपमेन्ट बैंक, मध्य भोटेकाशी जलविद्युत् कमपनी र नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य पनि सर्किट लेभलमा बढेको हो । उक्त अवधिसम्म कर्पोरेट डेभलपमेन्ट बैंकको  शेयरमूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता रू. ५५ ले बढेर अन्तिम मूल्य रू. ६०५ दशमलव २० पुगेको छ भने मध्य भोटेकोशीको ९ दशमलव ९८ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ३१ दशमलव ३० ले बढेर अन्तिम मूल्य रू. ३४४ दशमलव ८० पुगेको छ ।  त्यस्तै नारायणी डेभलपमेन्ट बैंकको शेयरमुल्य ९ दशमलव ९८ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ५७ ले बढेर अन्तिम मूल्य रू. ६२७ दशमलव ९० पुगेको छ ।

शेयर बजार ओरालो लागेपनि यी कम्पनीको कारोबार उच्च

काठमाडौं, ८ बैशाख । आज शेयरबजार ३२.४१ अंकले घटको छ । नेप्से परिसुचक ओरोलो लाग्दा पनि केही कम्पनीका कारोबार भने सर्वाधिक भएको छ । आज सबैंभन्दा बढी निफ्राको कारोबार भएको नेप्सेले जनाएको छ । निफ्राको २५ करोड ४५ लाख भन्दा धेरैको कारोबार भएको हो । बैकको आज ५ सय ७१ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको […]