त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचमा कडाई गरिएको छ । कोटेश्वर तर्फबाट गएका युवा विमानमा प्रवेश गरेपछि प्रहरीले सुरक्षा जाँचलाई चुस्त बनाएको छ । विमानस्थल प्रवेश गरेर हवाई इन्धन अनलोड गर्ने आयल निगमका ट्यांकरलाई पनि चेकजाँच गरेर मात्र प्रवेश अनुमति दिन थालिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी भीमप्रसाद ढकालले रातोपाटीलाई बताए ।सिनामंगलस्थित आयल निगम गेट, गोल्डेन गेट, फलामे गेटमा अहिले आयल निगमका ट्याङकरहरु विमानस्थल प्रवेश गर्नुअघि ‘भेहिकल सर्च मिरर’ प्रयोग गरेर चेकज