विराटनगर । प्रदेश नम्बर–१ मा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना संक्रमितको उपचारको उचित प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ । प्रदेश सरकार कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा असफल भएको कांग्रेसको आरोप छ ।
कांग्रेस १ नम्बर प्रदेश संसदीय दलले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रदेशभरका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र...