काठमाण्डाै – जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २६ औँ सम्मेलन (कोप २६) स्कटल्यान्डकाे ग्लास्गोमा सुरु भएको छ । जलवायु परिवर्तनलाई नियन्त्रण गर्नका लागि महत्त्वपूर्ण ठानिएको यस सम्मेलनमा आज आइतवार औपचारिक समारोह हुन्छ भने भोलि साेमवारदेखि विश्व नेताहरूले छलफल र बहसको काम सुरु गर्नेछन् ।
जैविक इन्धनको प्रयोगसहित मानवीय कारणले विश्वको तापमान बढिरहेका बेला वैज्ञानिकहरूले जलवायु विपद् छल्न आपत्कालीन कार्यहरू आवश्यक रहेका बताइरहेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यस सम्मेलनलाई विश्वको सत्यको क्षण बताउनुभएको...