अनुदान दिएको ४६ करोडमा तीन वर्षसम्म एक रुपैयाँ खर्चन सकेनौँ : मन्त्री महतो

काठमाडौँ : वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले जलवायु क्षेत्रमा आएको विदेशी सहयोग समेत नेपालले खर्च गर्न नसकेको खुलासा गरेका छन्।बुधवार न्युज एजेन्सी नेपालले आयोजना गरेको विश्व जलवायु सम्मेलन (कोप २८) को उपलब्धि र आगामी कार्यदिशाबारे गोष्ठीमा बोल्दै उनले यस्तो खुलासा गरेका हुन्। मन्त्री महतोले जिसिएफ फाउण्डेशनले तीन वर्षअघि जलवायु परिवर्तनका लागि ४६ करोड रुपैयाँ दिए पनि अहिलेसम्म सरकारले न्यूनीकरणका क्षेत्रमा एक रुपैयाँ खर्च गर्न नसकेको स्पष्ट पारे। बरु त्यो रकम