बागलुङमा ट्रयाक्टर दुर्घटना, २ जनाको मृत्यु

बागलुङको बलेवामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयाबाट कुश्मीशेराका लागि हिँडेको ध १ च ३६० नंको ट्रयाक्टर कालीगण्डकी करिडोरको बलेवा–कुश्मीशेरा खण्डमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छैन । दुवै जना पुरुष भएको स्थानीयवासी भरत पौडेलले जानकारी दिए । दुर्घटनामा घाइते भएका १२ वर्षीय सुदीप केसीलाई उपचारका लागि पर्वत सदरमुकाम कुश्माको अस्पताल लैजाने तयारी भइरहेको छ ।घटनास्थलमा प्रहरी पुगेको छ । ट्रयाक्टर चा

सम्बन्धित सामग्री

ट्याक्टर दुर्घटना हुँदा दार्चुलामा २ जनाकाे मृत्यु, एक घाइते

दार्चुलाको शैल्यशिखर नगरपालिका- ६ उल्लानीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको छ । ट्याक्टरमा सवार एक जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलामा ट्र्याक्टर दुर्घटना, २ जनाको मृत्यु

दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । दुई घाइते भएका छन् ।सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ गइरहेको सुपप्र ०२००१त १४६७ नंको ट्रयाक्टर आज दुर्घटना भएको हो । ट्रयाक्टर सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो । ट्रयाक्टरमा चार जना सवार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।चालक र एक यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ ।

मौसम पूर्वानुमान : हल्का वर्षाको सम्भावना

काठमाडौं। आज देशका विभिन्न स्थानमा हल्का वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान विभागले बताएको छ। संखुवासभामा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। पहिरोले अवरुद्ध मुग्लिन–पोखरा राजमार्ग चार घण्टापछि पुनः सञ्चालन भएको छ। माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ। बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेले अग्रता लिएको छ।

मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३१ जना घाइते

सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु ३१ जना घाइते भएका छन् । आज खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को २ त ३९६१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । […]

ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते

विराटनगर। ईलामको रोङ गाउँपालिका– ४ बाघखोर स्थित मेची राजमार्गमा सोमबार दिउँसो पौने २ बजे फिक्कलबाट झापातर्फ आउँदै गरेको मे.१ त ४४७८ नम्बरको ट्याक्टर सडकबाट १५० मिटर तल झरी दुर्घटना हुँदा ट्याक्टर चालक सुर्योदय नगरपालिका– १२ का २९ वर्षीय सागर प्रधान सहित ३ जना घाईते भई उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा चालक प्रधानको मृत्यु भएको हो।

अछाममा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ जना घाइते

काठमाडौँ। अछाममा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। पञ्चदेवल विनायक नगरपालिका– ४ टोट्केसालमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बुधबार दिउँसो मलामी बोकेको भे १ त ८९३७ नम्बरको ट्रयाक्टरको ट्रली सडकमा पल्टिएको थियो। मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका–४ का ३५ वर्षीय तारा धमाला र ४४ वर्षीय अमर धमाला रहेका छन्।

ट्रयाक्टर दुर्घटना हुँदा दुईको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिकाका २५ वर्षिय बसन्त लिम्बू र सोही ठाउँकै १५ वर्षिय समीर लिम्बू रहेका छन् । बसन्तको धरानस्थित घोपा क्याम्पमा र समीरको सिरीजंघा गाउँपालिकाको केन्द्र तेल्लोकस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा गएराति मृत्यु भएको हो । हिजो दिउँसो भएको […]

ट्रयाक्टर दुर्घटनामा २ जनाको मृत्यु, १२ जना घाइते

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी नजिकै से १ त ३८४१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–९ पिपरैयाका वर्ष ६५ का द्रोपती राना र वर्ष ३३ का रतन कुमारी राना रहेका छन् । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ।कृष्णपुर नगरपालिका–९ पिपरैयाबाट बेदकोट नगरपालिकाको दैजीमा जन्ती पुर्याएर फर्कने क्रममा चालकले नियन्