दार्चुलामा ट्र्याक्टर दुर्घटना, २ जनाको मृत्यु

दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । दुई घाइते भएका छन् ।सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ गइरहेको सुपप्र ०२००१त १४६७ नंको ट्रयाक्टर आज दुर्घटना भएको हो । ट्रयाक्टर सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो । ट्रयाक्टरमा चार जना सवार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।चालक र एक यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ ।

सम्बन्धित सामग्री

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु - NepaliPatra

बैतडी । जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको मृत्यु भएको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले पुष्टि गर्दै परिचय नखुलेका ट्र्याक्टर चालक […]

मकवानपुरमा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

हेटौंडा । मकवानपुरको हेटौंडामा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१६ पानीस्वारामा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ट्र्याक्टर चालक बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर १३ का २६ वर्षीय डिलम थिङ र हेटौंडा १६ का ५६ वर्षीय जित बहादुर थिङ रहेका छन् । पानीस्वारा स्थित कच्चा […]

दार्चुलामा ट्र्याक्टर दुर्घटना, चालकसहित २ जनाको मृत्यु, २ घाइते

दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । दुई घाइते भएका छन् ।

ट्र्याक्टर दुर्घटनामा २ जनाको मृत्यु, ३१ घाइते

सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु ३१ जना घाइते भएका छन् । आज खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को २त ३९६१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिनुभयो । मृत्यु हुनेमा चैनपुर […]

मलामी चढेको ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

मलामी गएर फर्किने क्रममा ट्र्याक्टर दुर्घटना हुँदा संखुवासभाको चैनपुर नगरपालिका १० मा २ जनाको मृत्यु भएको छ । चैनपुर १० दुमकटामा शुक्रबार दिउँसो ट्र्याक्टर पल्टिँदा मलामी गएका गंगाबहादुर तामाङ र केशव कार्कीको मृत्यु भएको हो ।

रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

२१ जेठ, रुकुम(पूर्व) । रुकुम (पूर्व) मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको सिस्ने गाउँपालिका-४ स्थित दादीङमा ट्याक्टरमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वडा नम्बर ४ कै कोम्बोटबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै गरेको रा१त १६१६ नम्बरको ट्र्याक्टरमा सवार दुई जनाको शुक्रबार साँझ दादीङ रोडमा मृत्यु भएको […]

मकवानपुरमा ट्र्याक्टर दुर्घटना हुँदा २ को मृत्यु

मकवानपुरको बकैया गाउँपालिका—११ सिमातमा बुधबार ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुने दुवै जनाको पहिचान खुलेको छैन ।