विराटनगर।
ईलामको रोङ गाउँपालिका– ४ बाघखोर स्थित मेची राजमार्गमा सोमबार दिउँसो पौने २ बजे फिक्कलबाट झापातर्फ आउँदै गरेको मे.१ त ४४७८ नम्बरको ट्याक्टर सडकबाट १५० मिटर तल झरी दुर्घटना हुँदा ट्याक्टर चालक सुर्योदय नगरपालिका– १२ का २९ वर्षीय सागर प्रधान सहित ३ जना घाईते भई उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा चालक प्रधानको मृत्यु भएको हो।