चुनावपिच्छे खुम्चिँदो नेपाल मजदुर किसान पार्टी भक्तपुरमा भने एकछत्र छ । सोही पार्टीबाट निर्वाचित मेयर हुन्, सुनील प्रजापति । उनले भक्तपुरलाई सफासुग्घर राख्दै मौलिक र सांस्कृतिकपन जोगाई राखेका छन् ।
न्युयोर्क सिटीका मेयर एरिक एडम्सका इलेक्ट्रोनिक उपकरणहरू एफबीआई एजेन्टहरूले सडकमा अचानक जफत गरेको पुष्टि भएको छ । चुनावी अभियानका क्रममा टर्की सरकारबाट अवैध चन्दा प्राप्त गरे नगरेको अनुसन्धानका लागि मेयर एरिक एडम्सका फोनहरू लगायतका इलेक्ट्रोनिक उपकरणहरू एफबीआई एजेन्टहरूले जफत गरेको जनाइएको छ । एडम्स सडकमा हुँदा आश्चर्यचकित रुपमा उनका उपकरणहरु जफत गरिएको समाचार न्युयोर्क टाइम्सले […]
१६ पुस, जनकपुरधाम । समाचारको विषयलाई लिएर धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दास तत्माले जनकपुरधाममा कार्यरत अनलाइनखबरकर्मी सैलेन्द्र महतोलाई ज्यान मार्ने धम्की दिएका छन् । मेयर बेचनले शुक्रबार मधेश प्रदेश सांसदहरुको शपथ समारोहमा समाचार संकलन गर्न पुगेका पत्रकार महतोलाई प्रदेश सभा परिसरमै धम्की दिएका हुन् । तीन/चार महिनाअघि नगरपालिका कार्यालयमै पत्रकार मौसम झालाई लात्तिले छातीमा […]
समाचारमा आइरहन्छन्, कहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह फोहोरको कन्टेनरसंगै बन्चरे डाँडा पुगेको त कहिले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग खानेपानीको पाइप काँधमा बोकेर सर्दु खोलाको मुहानतिर पुगेको । फेरि अहिले तात्तातो समाचार बनेको छ– मेयर बालेन शाहले डोजर लिएर राजधानी काठमाडौैं सहरको मुटुमा नक्सा पास भन्दा बाहिर गएर बनाएका संरचना भत्काएको ।यसै प्रसंगमा काठमाडौं महानगर पालिकामा कार्यरत एकजना अधिकृतले मेयर बालेन शाहको अभियानको समर्थन गर्दै अष्ट्रेलियाको सिड्नीमा रहेका आफ्ना
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छन् । मेयर साहले मंगलबार नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका हुन् ।केही दिन अगाडि नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनमा प्रकाशन भएको काठमाडौं महानगरले मेयर साहलाई चुनाव जिताउन सहयोग गर्ने रुटिन अफ नेपाल बन्दलाई आर्थिक वर्ष २०७९/८० को बजेट उपलब्ध गराएको भनि समाचार प्रकाशन तथा प्रसारण गरेको थियो । उक्त समाचार प्रकाशन तथा प्रसारण गरेको प्रति
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले समाचार संकलनमा अवरोध गरेको भन्दै हिमालय टेलिभिजनले आपत्ति जनाएका छन् ।महानगरको वातावरण विभागमा रिपोर्टिङका क्रममा पुगेका हिमालय टेलिभिजनका पत्रकार प्रिन्स मिश्रलाई समाचार संकलनमा अवरोध गरेका थिए । सूचना संकलनमा अवरोध पुर्याएको सो टिभीका पत्रकार जगन्नाथ दुलालले बताए ।मेयर साहले समाचार संकलनमा अवरोध गरेका भन्दै टेलिभिजनले आपत्ति जनाएको छ । मेयर शाहले सो टेलिभिजनको गाडी हटाउने तथा खिचिएको दृश्यसमेत मेटाउन लगाएको घटनाप्रति सो टेलिभिजनले खेद व्यक्त गरेको
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सुन्धाराको मर्मत-सम्भार गरेर धाराबाट प्राकृतिक रूपमा पानी आउने बनाउने प्रतिबद्धता गर्नुभएकाे छ । ऐतिहासिक लुँहितिको बेहाल अवस्थाका विषयमा ईमेज टेलिभिजनले गत बुधबार र बिहीबार समाचार संप्रेषण गरेकाे थियाे ।साे पश्चात सुन्धाराको अवलोकन गर्नका लागि जानुभएका मेयर साहले ६ महिनाभित्र सुन्धाराबाट पानी खसाल्ने बताउनुभएको हो । टुँडिखेलबाट […]
रुसी आक्रमणका कारण मारिपोलमा कम्तीमा १० हजार मानिसको ज्यान गएको स्थानीय मेयरले बताएका छन् । मारिपोलका मेयर भाडिम बोइचेन्कोले समाचार संस्था एसोसिएटेड प्रेससँग रुसी सैनिकले ठूलो संख्यामा सर्वसाधारणको हत्या गरेको बताएका हुन् । दक्षिणी क्षेत्रमा रहेको तटीय शहर लामो समयदेखि रुस सैनिकको घेराबन्दीमा छ । उनले भनेका छन्, ‘लाशहरु सडकमा अलपत्र छन् ।’ उनले भनेका […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्पदा संरक्षण सम्बन्धमा उपमेयर र आफूबीचमा देखिएको विवाद मिडियामा आएका समाचार जस्तो नभएको बताउनुभएको छ । केही विषयमा उपमेयर हरिप्रभा खड्कीले विवाद ल्याउन खोजेपनि आफूले नगरसभा र कार्यपालिकाको निर्णय भन्दा बाहिर गएर कुनै काम नगरेको बताउनुभयो । उपमेयर र मेयरको विवादबारे एउटै मञ्चमा बहस गर्न आफू तयार रहेको […]
न्युयोर्क सिटीका मेयर एरिक आडम्सले माछा खाएको समाचार केहीदिनदेखि अमेरिकाका मुलधारका संचारमाध्यमहरुमा हेडलाइन बनिरहेको छ । न्युयोर्क टाइम्सलगायतका संचारमाध्यहरुले यो विषयलाई प्राथमिकताका साथ प्रकाशित गरिरहेका छन् । कारण के हो भने मेयर आडम्सले यस अगाडि आफू बनस्पतिका उत्पादनमात्रै खाने शुद्ध शाकाहारी रहेको बताउँदै आएका थिए । मेयर आडम्सले माछाजन्य खानाहरु खाएको धेरैले बारम्बार देखेपनि उनको […]